१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

दीप र स्वेच्छाको जोडी पहिलो

नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपिएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो भएका छन्।

आयोजक नेपाल एपिएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन्।

आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपिएफका अनिता महर्जन र राजीव चिकबन्जारको जोडी संयुक्त रूपमा तेस्रो भए।

यु–१६ ब्वाइज सिंगल्समा न्यु होराइजनका प्रवेश बस्नेतले स्वर्ण जिते। उनले फाइनलमा केज एकेडेमीका विशाल गोललाई ३–२ ले हराए। गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका अदियन शाही तेस्रो भए। सोही स्पर्धाको गल्र्समा आर्मीकी दिया देउला च्याम्पियन भइन्।

फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा हराइन्। एपिएम क्लबकाद्वय योङ्गी पौडेल र अनामिका कस्ती संयुक्त रूपमा तेस्रो भए।

प्रकाशित: २ पुस २०७८ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App