२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दोस्रो अभ्यास खेलमा पराजित

आइसिसी विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले बंगलादेशमा सोमबार भएको दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ।

बंगलादेशको बिकेएसपी मैदानमा सम्पन्न दोस्रो अभ्यासमा नेपाली महिला टोलीले पाँच विकेटले हार बेहोरेको हो। 

यसअघि गत शनिबार भएको पहिलो खेलमा भने नेपालले २९ रनको जित दर्ता गरेको थियो। बंगबन्धु फेन्डसिप बिकेएसपी कप वुमन क्रिकेट सिरिजअन्तर्गत ४६ रनको झीनो लक्ष्य बिकेएसपीले १२.४ओभरमा पाँच विकेट गुमाएर पूरा गरेपछि दोस्रो खेलमा नेपाल पराजित भएको हो।बिकेएसपीको जितमा सुमैयाले सर्वाधिक २१ रन बनाइन्। सुमैयाले २० बलमा तीन चौका हिर्काइन्।

उनलाई नेपालकी तीव्र गतिकी बलर सबनम राईले इन्दु बर्माबाट क्याचआउट गराइन्।झीनो लक्ष्य पछ्याएको बिकेएसपीलाई नेपालका बलरले सहजै ब्याटिङ गर्न दिएनन्।बिकेएसपीले ७.४ ओभरमा १५ रन मात्र जोड्दा चार विकेट गुमाएको थियो। तर,एक छेउबाट सुमैयाले इनिङ समाल्दै जितनजिक पुर्‍याइन्। 

नेपालकी कविता कुँवरकसिलो बलिङ गर्दै चार ओभरमा एक मेडनसहित दुई विकेट लिँदा ६ रन मात्र खर्चिइन्। सबनम राईले तीन ओभरमा १६ रन बेहोरिन्। सरस्वती चौधरीले दुई ओभरमा पाँच रन मात्र दिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोली १८.३ ओभरमा ४५रनमा नै समेटियो।खराब ब्याटिङ सामना गरेको नेपालका लागि ज्योति पाण्डे र अप्सरी बेगमले समान १३ रन जोडे। बिकेएसपीका लागि मारूफाले सर्वाधिक चार विकेट लिँदै नेपालको ब्याटिङलाई धराशयी बनाइन्। 

उनले चार ओभर बलिङ गर्दै ७ रन मात्र दिइन्। उनले सीता रानामगर, कप्तान रुबिना क्षेत्री, रोमा थापाजस्ता महत्वपूर्ण ब्याट्सवुमनलाई पवेलियनको बाटो देखाएकी थिइन्। रबैयाले दुई विकेट लिँदा दिशा र सानुले१/१ विकेट लिए।

प्रकाशित: २३ कार्तिक २०७८ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App