७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै सेमिफाइनलमा धनकुटा

बेलबारीमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा धनकुटा राजारानीको रारा फुटबल क्लब विजयी भएको छ। आइतबार भएको खेलमा आयोजक डाँगिहाट युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

तीनजना नाइजेरियन खेलाडीसहित मैदानमा उत्रेको धनकुटाले आयोजकलाई २–१ गोलमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरिक्षत गरेको छ। धनकुटाले १६ गते सशस्त्र प्रहरी बलको एपिएफसँग सेमिफाइनल खेल्ने छ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकले धनकुटालाई दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा र आफूलाई अन्तिम २ मिनेट समाल्न नसकेपछि विपक्षीलाई खेल सुम्पनु पर्यो। म्यान अफ द म्याच धनकुटाका बुद्ध चेम्जोङले नगद ५ हजार ५ सय पुरस्कार र ट्रफी प्राप्त गरे।

खेलको १० औं मिनेटमा धनकुटाका लागि ग्लोरीले गोल गर्दै अग्रता दिलाए। कर्ण लिम्बूले मिलाइ दिएको पासमा उत्कृष्ट गोल गरे। ३१ औं मिनेटमा आयोजक डाँगिहाटका सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरी पारेका थिए। खेलको अतिरिक्त समयमा धनकुटाका योगेश गुरुङले गोल गर्दै टोलीलाई विजयी बनाए। सेन्टर नजिक पाएको बललाई अगाडि लग्दै वान भर्सेस वान बनाएर गोल गरेका थिए।  

सोमबार पहिलो सेमिफाइनल खेल काठमाडौंको हिमालयन शेर्पा र झापा धुलाबारीको रोलिङ फुबटल क्लबबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ११–११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रकाशित: १४ कार्तिक २०७८ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App