२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रथम बागेश्वरी कपको उपाधि रोयल नेपालगन्जलाई

प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक रोयल नेपालगन्ज फुटबल क्लवले जितेको छ। न्यू डाँफे स्पोर्टस क्लवलाई २–० गोलले हराउँदै रोयल नेपालगन्जले उपाधि जितेको हो। उपाधि जितसँगै रोयलले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।  

प्रतिस्पर्धात्मक खेलमा रोयलले ५८ मिनेटमा विभुषण केसीको गोलबाट अग्रता लिएको थियो। ‘डी’ एरिया बाहिरबाट हानेको फ्रिकिक बललाई न्यू डाँफेका किपर प्रकाश बुढाले समात्न नसकेर फुत्काएपछि केसीले गोल गरे। एक गोलले पछाडी परेपछि न्यू डाँफेले रणनीति परिवर्तन गरेको थियो। मेन डिफेन्स खेलिरहेका कृष्ण रानाभाट अगाडि बढेका थिए। त्यसको फाइदा रोयलले उठाएको थियो। 

रोयलले १० मिनेटपछि नै अर्को गोल थप्यो। रोयलका यमबहादुर बुढाथोकीले ६८ मिनेटमा गोल गरे। प्रतियोगिताका अन्य खेलमा आक्रमक खेल खेलेको न्यू डाँफेले फाइनलमा त्यस्तो प्रदर्शन गर्न सकेन। उसले पोष्ट चार्ज गर्न नै सकेन।  

फाइनल खेलको म्यान अफ द म्याच विभुषण केसी भए। उनलाई नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पुरस्कार प्रदान गरे। दोस्रो हुने न्यू डाँफेले नगद ५१ हजार १ सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ।  

प्रतियोगितामा १४ वटा क्लवले भाग लिएका थिए। उक्त प्रतियोगिताको बेष्ट किपर रोयलका प्रितम खड्का, उत्कृष्ट खेलाडी रोयलका मनिष थापा र हाइस्कोरर रोयलकै विभुषण केसी भएका छन्। प्रतियोगिताका विजेता र उपविजेता, उत्कृष्ट खेलाडी, हाइस्कोरर, उत्कृष्ट किपरलाई श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, रोयलका अध्यक्ष सूर्यमणि अधिकारी, पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, क्लवका सल्लाहकार किसन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App