२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

रहेनन् फिफाका पूर्वरेफ्री खत्री

फिफाका पूर्वरेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लव खत्रीको निधन भएको छ। ५० वर्षका खत्रीको सोमबार बिहान निधन भएको हो। मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। 

त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। लगत्तै भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। ‘ए’ डिभिजन क्लब थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्सबाट व्यवासायिक फुटबल खेलेका खत्री फिफाका पूर्वरेफ्री  पनि हुन्।  

खत्री सन् २०१८ मा उमेरहदका कारण फिफा रेफ्रीबाट निवृत्त भएका थिए। विश्व फुटबलको सर्वोच्च संस्था फिफाको नियमअनुसार ४५ वर्ष कटेपछि रेफ्री गराउन पाइन्न। फिफा रेफ्रीबाट निवृत्त भएयता खत्रीले पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरका रूपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए। उनी रेफ्री संघका महासचिव पनि हुन्।  

खत्रीको शवलाई केही घण्टा श्रद्धाञ्जलिका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिएको थियो। खत्रीको सोमबारै अन्त्येष्टि गरियो। 

प्रकाशित: १९ आश्विन २०७८ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App