४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

हेल्थी फुटसलको उपाधि बोडे फुटसलको पोल्टामा

हेल्थी फुटसल प्रालि इतबू सूर्यविनायक भक्तपुरको आयोजनामा भएको फष्ट हेल्थी फुटसल ओपन टुर्नामेन्ट २०७८ को उपाधि जिल्लाकै बोडे फुटसलको पोल्टामा परेको छ। जितपछि बोडे फुटसलले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

साथै भक्तपुर इन्टरनेशनल पोलिक्लिनिक दोश्रो हुन सफल भएको छ। दोश्रो टिमले २५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा वोडे फुटसलका अमोद सर्वाेत्कृष्ट खेलाडी, वुलेट टिमका अभिषेक तामाङ सर्वाेत्कृष्ट किपर र न्यातापोल कर्नर टिम अनुशाशित टिम घोषित हुन सफल भए। ती तीनवटै टिमलाई पाँंचपाँंच हजार नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरियो। उनीहरुलाई भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

प्रतियोगितामा ४३ वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए। पुरस्कार वितरण समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समितिका महासचिव एवं टेबलटेनिसका चर्चित राष्ट्रिय खेलाडी शिवसुन्दर गोथे, आयोजक हेल्थी फुटसल प्रालि इतबू सूर्यविनायक भक्तपुरका अध्यक्ष श्यामकृष्ण प्रजापतिलगायतले बधाई दिएका थिए।  

प्रकाशित: १७ आश्विन २०७८ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App