१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

लिनथेप र महर्जनको जोडी क्वार्टरफाइनलमा

आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी शुक्रबार बालकुमारी रिमिक्स क्लब सातौं ललितपुरब्यापी ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बालकुमारी रिमिक्स क्लबको कोर्टमा शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका विशाल बस्नेत र इन्द्र कार्कीको जोडीलाई २१–१५ र २१–१६ को सोझो सेटमा हराउँदै पविन र सुरोजको जोडी अन्तिम आठमा स्थान बनाउन सफल भएको हो। 

प्रयागपोखरी ब्याडमिन्टन क्लबका उज्ज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि अन्तिम आठमा स्थान बनाएको छ। उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका राजु घिमिरे र प्रवीन कार्कीको जोडीलाई २१–१७ र २१–१२ ले हरायो।

आयोजककै दीपन महर्जन र भुवन श्रेष्ठको जोडीले क्लब ७ का विकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–११ र २१–१६ ले तथा दिप्रिसमुनि वज्राचार्य र सुमन शाक्यको जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्ट्सका तीर्थराज दर्लामी र दीपेश गुरुङको जोडीलाई २१–५ र २१–१३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। 

एघार स्टारका राजु वज्राचार्य र आकाश छन्त्यालको जोडीले आयोजकका जेम्स अवाले र राजेन्द्र महर्जनको जोडीलाई २१–१४ र २१–१९ ले तथा आयोजकका दीपेश शाक्य र सुनील शाक्यको जोडीले रिभाइभ लिजर पार्कका राम केसी र अजय थापाको जोडीलाई २१–८ को समान अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन्।

भेट्रान्स ४५ वर्षमाथि श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सीताराम श्रेष्ठ, महालक्ष्मी टोल विकासका रञ्जित घतानी र रामु ताम्राकार, आयोजकका हरि महर्जन र रवि महर्जन, इमाडोल ब्याडमिन्टन स्पोटर््सका तिलक बुढाथोकी र दिलबहादुर कदङ्वा, आयोजकका किशोर व्यञ्जनकार र दिलन महर्जन, फ्रेन्डसिप ब्याडमिन्टन क्लबका सानुबाबु महर्जन र राजकुमार राजकर्णिकार, सनराइज ब्याडमिन्टन क्लबका दीपक राना र टीका थापा तथा आयोजकका पूर्णभक्त चित्रकार र सुगतरत्न शाक्यको जोडीले पनि अन्तिम आठमा स्थान बनाएका छन्। प्रतियोगिताका फाइनल खेल शनिबार नै हुनेछन्।

प्रकाशित: १६ आश्विन २०७८ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App