२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीलंकाका पूर्व कप्तान थरंगाले भैरहवाबाट इपिएल खेल्ने

श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन्। ३६ वर्षीय बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन्।

ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन्। उनको उत्कृष्ट प्रदर्शन २०१३ मा भारतविरुद्ध १ सय ७४ रन अविजित छ। उनीसँग एक सय २५ टि२० खेलेको अनुभव छ। उनले टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतक सहित ३ हजार ३ सय ८४ रन बनाएका छन्।

यसअघि भैरहवाले घोषणा गरेको श्रीलंका पूर्व कप्तान तथा विकेटकिपर दीनेश चान्डिमल इपिएल खेल्न नआउने निश्चित भएको छ । चान्डिमल श्रीलंका टोलीबाट अन्तर्राष्ट्रिय खेलमा व्यस्त भएपछि नआउने भएका हुन् । भैरहवाको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायेके रहने छन्।

शरद भेषावकर कप्तान रहेको भैरहवामा आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश थापा र हिमान्शु स्वदेशी खेलाडीको रुपमा छन्।

इपिएल असोज ९ देखि २३ ९सेप्टेम्बर २५ देखि अक्टोबर० ९ सम्म हुने छ। इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख पाउने छन्।

प्रकाशित: १८ भाद्र २०७८ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App