१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्णमा अमेरिकाले उछिन्यो चीनलाई

केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।

किपचोगीले केन्याका लागि म्याराथन जितेपछि अमेरिकाले भलिबल, ट्य्राक साइक्लिङ र बास्केटबलमा सफलता प्राप्त गर्दै ३९ स्वर्णसहित चीनलाई एक स्वर्णले पछि पारेको हो ।  टोकियोमा ३ सय ३९ स्वर्ण थियो, जहाँ सर्बियाको पुरुष टोलीले ३२औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम स्वर्ण वाटर पोलोमा जित्यो।  यससँगै ओलम्पिक रद्द नै हुने संघारमा पुगेको टोकियोले ३२औं गृष्मकालीन ओलम्पिकको प्रतिस्पर्धा अन्त्य गर्‍यो ।  दर्शकबिनाको ठूला स्टेडियममा ३३ खेलको प्रतिस्पर्धा १६ दिनसम्म चलेको थियो।  महामारीका कारण दर्शकमा प्रतिबन्ध र खेलाडीलाई कडा बायो सेक्युरको अवस्थामा राखेर खेल सम्पन्न भए।

‘केहीले यसलाई भूत ओलम्पिक पनि भनेका थिए,’ समापन समारोहअगाडि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)का अध्यक्ष थोमस बाचले भने, ‘तर खेलाडीले कसरी प्रतिस्पर्धालाई जीवन्त राख्ने काम गरे भन्ने हामी सबैले देख्यौं। ’ महामारीको भयका कारण जापानका समर्थकले ओलम्पिकको चर्को विरोध गरेका थिए।  तर, आयोजकले २७ स्वर्णका साथ ५७ वर्षपछि घरेलु मैदानमा फर्किएको ओलम्पिकमा आफूलाई तेस्रो स्थानमा उभ्याउन सफल भयो।  जापानी खेलाडीको प्रदर्शनले केही हदसम्म भए पनि घरेलु समर्थकको मन जित्यो।  ‘हाम्रा खेलाडीले देखाएको साहसको हामी कदर गर्छांै र त्यसले यहाँका जनताको मन पनि जित्यो,’ जापानी टोलीका सेभ द मिसन सुयोसी फुकुईले भने।

ग्रेट ब्रिटेन २२ स्वर्णका साथ चौथो स्थानमा खुम्चिँदा देशमाथि प्रतिबन्धका कारण खेलेको रसियन ओलम्पिक कमिटीको टोली २० स्वर्णसहित पाँचौं स्थानमा रह्यो।  जापान आफैंले अगाडि सारेको खेलमा भने असफलता पायो।  उनीहरूले स्केटबोर्डिङ, सर्फिङ , स्पोर्ट्स क्लाम्बिङ र करातेमा सोचेजस्तो सफलता पाउन सकेनन्।  तर, म्याराथनका विश्व कीर्तिमानी किपचोगीले भने आफ्नो मास्टर क्लास प्रदर्शन देखाए र २ घन्टा ८ मिनेट ३८ सेकेन्ड दूरी पूरा गर्दै ओलम्पिकको डिफेन्डिङ च्याम्पियनको उपाधि जोगाए।  उत्तर सापोरोमा सारिएको म्याराथन ओलम्पिकमा राखिएका सीमित दर्शकमध्येको एक प्रतिस्पर्धा थियो।

ओलम्पिक सकिँदासम्म कोरोनाका ४ सय ३० घटना सार्वजनिक हुँदा ओलम्पिक भिलेजमा ३२ संक्रमण पुष्टि भएका थिए।  तथापि, आयोजकको कडा स्वास्थ्य सुरक्षा मापदण्डका कारण त्यति ठूलो क्षति भने बेहोर्नु परेन। आइतबार सम्पन्न प्रतिस्पर्धामध्ये क्यानाडाकी कल्से मिचेलले स्वर्ण जित्दा जसन केन्नी पुरुष केइरिनमा पहिलो हुँदै ब्रिटेनका लागि ओलम्पिकमा सात स्वर्ण जित्ने पहिलो खेलाडी भए। अमेरिकाले चीनसँग दुई स्वर्णले पछि रहँदै दिनको सुरुआत गरेको थियो।  

प्रकाशित: २५ श्रावण २०७८ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App