coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चार सय मिटरमा गार्डिनरलाई स्वर्ण

जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत ४ सय मिटर दौडमा बिहीबार बहमासका स्टेभन गार्डिनरले स्वर्ण पदक जितेका छन्।रियो ओलम्पकमा दोस्रो भएका गार्डिनरले निर्धारित दूरी ४३.८५ सेकेन्डमा पूरा गर्दै जारी टोकियो ओलम्पिकमा बहमासका लागि पहिलो स्वर्ण पदक दिलाएका हुन्। रजत पदक जितेका कोलम्बियाका एन्थोनी जाम्ब्रानोलाई पछाडि पार्दै २५ वर्षे गार्डिनरले जारी ओलम्पिकमा देशका लागि कीर्तिमान रचेका हुन। कोलम्बियाका एन्थोनीले निर्धारित दूरी ४४.०८ सेकेन्डमा पूरा गर्दा कांस्य पदकमा चित्त बुझाएका किरानी जेम्सले निर्धारित दूरी ४४.१९ सेकेन्डमा पूरा गरेका थिए। ग्रानाडाका किरानीले २०१२ मा स्वर्ण र २०१६ मा कांस्य पदक जितेका थिए।

देशका लागि जारी ओलम्पिकमा पहिलो स्वर्ण पकद जितेका गार्डिनरले निर्धारित दूरी पार गरेको ठूलो स्क्रिनमा देख्दा अद्भुत खुसी लागेको बताए।‘दौडका लागि बन्दुक पड्काउँदा म केही ढिला भएको थिएँ तर पुनरागमन गर्न सफल भएँ। २ सय मिटर बाँकी रहँदा दौडको पेस बढाएँ र सफल भएँ,’ गार्डिनरले भने, ‘रेखा पार गरिसकेपछि मेरो नाम ठूलो पर्दाको शीर्ष स्थानमा देख्दा खुसीको सीमा नै रहेन।’ बिहीबार ४ सय मिटरमा स्वर्ण पदक जितेका गार्डिनर यससँगै लगातारका चार विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडी भएका छन्। २०१७ मा वल्र्ड रिलेमा पहिलो भएका गार्डिनर सोही वर्ष भएको वल्र्ड च्याम्पियनसिपमा दोस्रो भएका थिए। दुई वर्षपछि कतारमा भएको वल्र्ड च्याम्पियनसिपमा पहिलो भएका उनले ओलम्पिकमा पनि पदक जितेका हुन्।

प्रकाशित: २२ श्रावण २०७८ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App