अस्ट्रेलियन ओलम्पिक आफिसियल्सले टोकियो ओलम्पिकबाट स्वदेश फर्किने क्रममा रग्बीर फुटबल खेलाडीले तुच्छ व्यवहार गरेको भन्दै मंगलबार छानबिन गर्न माग गरेका छन्। ओलम्पिकमा सहभागी भएर टोकियोबाट सिड्नी प्रस्थान गर्ने क्रममा ओलम्पिक पदाधिकारीलाई गत साता विमानस्थलमा रग्बीर फुटबल खेलाडीले दुर्वव्यहार गरेको पदाधिकारीले जनाएका हुन्। उनीहरूले विस्तृत दुर्वव्यहार भने उल्लेख गरेका छैनन्। अस्ट्रेलिया ओलम्पिक कमिटी (एओसी) का प्रमुख कार्यकारी म्याट कारोलाले एयरलाइन्सलाई आधिकारिक रूपमा उजुरी नगरेको तर खेलकुदसँग सम्बन्धित निकायलाई छानबिनका लागि माग गर्ने जनाएका छन्।
‘तुच्छ व्यवहारबाट हामी धेरै निराश भएका छौं। तर दुबै रग्बीर फुटबल टोलीले गरेको व्यवहार खेलकुदमा स्वीकारयोग्य छैन। यद्यपि उनीहरूले आत्मआलोचना अस्ट्रेलियन ओलम्पिक पदाधिकारीसँग गरेका छन्,’ एओसीका प्रमुख कार्यकारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘स्पष्ट छानबिनका गरी सरोकारवालाले कारबाही गरेर हामीलाई जानकारी गराउनुपर्छ।’
रग्बी अस्ट्रेलियाले छानबिनका लागि प्रक्रिया अगाडि बढाएको बताएको छ। स्वदेश फर्किने क्रममा रग्बीर फुटबलसहितका सात अन्य खेलका खेलाडी पनि टोलीमा रहेका थिए। अस्ट्रेलियन पुरुष फुटबल टोली समूह चरणबाटै बाहिरिएर स्वदेश फर्किएको थियो। इजिप्टसँगको खेलमा २–० पराजित भएपछि अस्ट्रेलियाको अघिल्लो चरणको यात्रा समाप्त भएको थियो। स्पेनलाई नतिजा सुम्पिएको अस्ट्रेलियाले अरजेन्टिनालाई पराजित गरेको थियो। यस्तै रग्बी टोली पनि फिजीसँग १९–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। रग्बी खेलाडी र उनीहरूसँगका सदस्यले बसेको होटलमा संरचनामा तोडफोड समेत गरेका थिए। अस्ट्रेलियन मिडियाले उनीहरूले आफू बसेको कोठाको खाट भाँचेको, भित्तामा प्वाल पारेको र कोठामा बान्ता गरेको समाचार प्रकाशन गरेका थिए। जुन आलोचना भइरहेको थियो।
तर अस्ट्रेलियाका ‘सेभ द मिसन’ इयान चेस्टरम्यानले सबै खेलाडीले आत्म आलोचना गरेको भन्दै छानबिनबिना तत्काल कुनै कारबाही गर्ने सोच नभएको बताएका छन्। ‘केही युवा खेलाडीले गल्ती गरेको अवश्य हो। कोठा खाली गर्नुपूर्व देखिएको दृश्य स्वीकारयोग्य छैन,’ सेभ द मिसन इयान चेस्टर म्यानले भने, ‘बाहिर समाचार आएजस्तो कोठाहरूमा क्षति पुगेको छैन। गल्ती भने खेलाडीबाट भएको हो, जुन खेल भावनाविपरीत छ।’
प्रकाशित: २० श्रावण २०७८ ०२:१७ बुधबार