२२ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

खेलतालिका परिवर्तन गर्न आग्रह

गर्मीलाई कारण देखाउँदै टेनिस खेलाडीद्वय नोभाक जोकोभिच र ड्यानिल मेदभेदेभले टोकियो ओलम्पिक आयोजकलाई टेनिस खेलको तालिका परिवर्तन गर्न आग्रह गरेका छन्। विश्व नम्बर एक नोभाक जोकोभिचले बोलोभियाका हुगो ड्यालियनलाई पहिलो चरणको खेलमा ६–२, ६–२ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरे पनि अन्य खेलाडीको हकमा गर्मीले स्वाभाविक खेल प्रदर्शन गर्न कठिन भएको भन्दै खेलतालिका परिवर्तन गर्न आग्रह गरेका हुन्। 

मध्यदिनको गर्मीमा खेल्न खेलाडीलाई कठिन हुने उनीहरूले जिकिर हो। सोझो सेटमा जित निकालेका जोकोभिचले गर्मीका कारण केही कठिन भएको प्रतिक्रिया दिएका थिए। यस्तै अर्को खेलमा रसियाका मेदभेदेभले काजाकिस्तानका एलेक्जेन्डर बुब्लिकलाई ६–४, ७–६ (१०/८) को सेटमा पराजित गर्दै पहिलो जित निकालेका हुन्। विश्व नम्बर २ मेदभेदेभले जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो।  

शीर्ष खेलाडीलाई कठिन भएको अवस्थामा अन्य तालिका हेरफेर गर्न आग्रह गरेका हुन्। बिहानैबाट खेल सुचारु गर्नुभन्दा बेलुकाको समयमा खेलतालिका सार्न आग्रह गरेका हुन्। जोकोभिचले अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनसँग गरेको अपिल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। तर सम्बोधन भने भएको छैन।

‘निर्धारित समयभन्दा केही ढिला सुचारु गर्न आग्रह गरेका हौं। उनीहरू सकारात्मक पनि छन्। तर खेल धेरै भएकाले बिहानबाट सुचारु गर्नुपर्ने जानकारी दिएका छन्,’ जोकोभिचले भने, ‘११ बजेबाट भन्दा पनि ३ बजेबाट खेल सुचारु गर्न आग्रह गरेका हौं। तर आयोजकले राति कफ्र्यु हुने भएकाले समयमा नै सक्ने योजना बनाएका छन्। यस कारण सार्ने विषय अनिश्चित छ।’

‘यदि यस्तो अवस्था हो भने मैले पछिल्लो खेल ७ घण्टा अगावै सकेको थिएँ। त्यसपछि अर्को खेल खेलाउनका लागि एथेस्ट समय थियो,’ नम्बर एक जोकोभिचले भने, ‘आयोजकले खेलाडीका लागि सहजीकरण गर्नुपर्ने हो। यस्तो अवस्थामा पनि आयोजकले तालिका हेरफेर नगर्नुको कारण मैले बुझ्न सकेको छैन।’ यस्तै अर्का खेलाडी मेदभेदेभले अहिलेसम्मको खराब वातावरणमा खेलेको भन्दै आलोचना गरे। एलेक्सजेन्डर बुब्लिकसँगको खेलमा रसियन खेलाडी मेदभेदेभले संघर्षपूण जित निकाल्नुपरेको थियो। 

अघिल्लो दिनको गर्मीले थकित भएका खेलाडीले लगत्तै खेल्नुपरेको थियो। आउँदा खेल मेदभेदेभले ३२ डिग्री तापक्रममा खेल्ने तालिका छ। ‘मेरो विचारमा खेल साँझपख गर्नु पर्ने हो। किनभने त्यो समयमा गर्मी बिस्तारै घट्ने क्रममा हुन्छ,’ मेदभेदेभले भने, ‘प्रतियोगिताको बीचमा आयोजकको तालिका परिवर्तन गर्ने कुनै पनि मनसाय छैन। सहभागी २ सय खेलाडीलाई सोध्ने हो भने प्रायले एक मिनेट हेरफेर गर्ने समय हास्यास्पद हुने बताउँछन्।’ 

प्रकाशित: १० श्रावण २०७८ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App