१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

पिएसजीमा रामोस

स्पेनका पूर्वकप्तान सर्जियो रामोस फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन्।  

गत सिजनकोे अन्त्यसँगै स्पेनिस ला लिगा महारथी रियाल मड्रिडसँगको सम्झौता अन्त्य गरेको रामोसले पिएसजीसँग २ वर्षको सम्झौता गरेका हुन्। रियाल मड्रिडमा रहँदा रामोसले ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। 

स्पेनिस टोलीले सन् २००८/२०१२ को युरो कप र सन् २०१० को विश्वकप जित्दा रामोस टोलीमा मुख्य सदस्य थिए। उनले स्पेनका लागि कीर्तिमानी १ सय ८० खेलमा २३ गोल गरिसकेका छन्।

पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको पिएसजीले यसअघि लिभरपुलका डच मिडफिल्डर जर्जिनो विज्नाल्डम, मोनाकोका रक्षक असरफ हाकिमीलाई अनुबन्धित गरिसकेको छ। 

पिएसजी इटालीका गोलकिपर जियानलुइगी डोनारुम्मालाई इन्टर मिलानबाट अनुबन्धन गर्ने प्रयासमा छ। ‘यो मेरो जीवनको नयाँ यात्रा र नयाँ चुनौती हो। यस दिनलाई म कहिल्यै भुल्न सक्दिनँ,’ रामोसले भने, ‘पिएसजीसँग आबद्ध हुन पाउँदा म निकै हर्षित छु।’

सर्जियो रामोस उत्कृष्ट रक्षकका साथै उत्कृष्ट नेतृत्वकर्ता समेत हुन्,पिएसजीका अध्यक्ष नासिर अल खलिफीले भने, उनको अनुभव टोलीको महत्वाकाक्षी योजनामा मुख्य हतियार बन्नेमा म आशाबादी छु । सन् २००५ मा सेभियाबाट सान्टियागो बर्नाबेउमा अनुबन्धन भएका रामोसले रियाल मड्रिडबाट १६ सिजन खेल्दै ५ पटक ला लिगाको उपाधि जितेका थिए।

प्रकाशित: २५ असार २०७८ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App