१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

समर्थकलाई रोक

इङ्ल्यान्डले क्वार्टरफाइनलमा युक्रेनसँग शनिबार रोममा प्रतिस्पर्धा गर्दा समर्थक रंगशालामा उपस्थित हुन पाउने छैनन्।  

कोरोना भाइरसको कारण अपनाइएको स्वास्थ्य मापदण्डअनुसार ५ दिन क्वारेन्टिन बस्नुपर्ने नियमका कारण टिकट काटिसकेका र अन्य समर्थकले भ्रमण गर्न नपाउने भएका हुन्। इटालीले तोकेको मापदण्डअनुसार ५ दिनभित्र इङ्ल्यान्डले युक्रेनसँग क्वार्टरफाइनल खेलिसक्नेछ। सोही कारण समर्थकले भ्रमण गर्ने छैनन्।  

कोरोना महामारीकै कारण निर्धारित समयभन्दा पछि आयोजना भएको युरो कपमा मंगलबार ग्यारेथ साउथगेटको टोली इङ्ल्यान्डले बलियो प्रतिद्वन्द्वी जर्मनीको चुनौती पार गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो। वेम्बली रंगशालामा प्रतिबन्ध फुकुवा हुँदा समर्थकले रंगशालामा पुगेर समर्थन गरेका थिए। इङ्ल्यान्ड फुटबलको सर्वोच्च निकाय फुटबल संघ (एफए) ले १६ हजार कुल सिट क्षमताको १६ प्रतिशत टिकट २५६० उपलब्ध गराउन आग्रह गरेको थियो। 

तर स्वास्थ्य मापदण्डले इङ्ल्यान्डका समर्थकलाई निराश बनाउने भएको छ।  तर इङ्ल्यान्ड एफएले युरोपियन सर्वोच्च फुटबल निकाय युइएफए र इटालीमा रहेको ब्रिटिस राजदूतावाससँग समन्वय गरेर समर्थकलाई टिकट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। हाल ब्रिटेनमा नयाँ भाइरस डेल्टा देखिएपछि इङ्ल्यान्डका समर्थकलाई आवतजावतमा कडाइ गरिएको छ। डेल्टा भाइरस पहिलो पटक भारतमा देखिएको थियो।  

प्रकाशित: १७ असार २०७८ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App