coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डेसच्याम्प्सको भविष्यबारे सोचेका छैनौं’

फ्रेन्च फुटबल फेडेरेसनका अध्यक्ष नोइल ले ग्रायटले आफ्नो टोली युरो कप २०२० को नकआउट चरणबाटै बाहिरिए पनि मंगलबार प्रशिक्षक डिडियर डेसच्याम्प्सको भविष्यका बारेमा कुनै सोच नभएको प्रतिक्रिया दिएका छन्।  

यद्यपि अध्यक्ष नोइलले टोलीको प्रदर्शनबारे भने छलफल गर्ने जनाएका छन्। नोइलले मंगलबार फ्रेन्च ओलम्पिक कमिटीको साधारणसभामा बोल्दै प्रशिक्षक डेसच्याम्प्सको भविष्यबारे कुनै सोच नबनाएको प्रतिक्रिया दिएका हुन्। सोमबार विश्वविजेता फ्रान्स पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डसँग स्तब्ध हुन पुगेको थियो।  

‘म प्रशिक्षकको भविष्यको बारेमा केही बोल्न चाहेको छैन। मेरो विचार पनि छैन,’ फ्रेन्च फुटबल फेडेरेसनका अध्यक्ष नोइलले भने, ‘कमीकमजोरी केलाउँदै निष्कर्षमा पुग्नुपर्छ। त्यसका लागि छलफल आवश्यक छ। अहिले नै भविष्यबारे बोल्नु उचित हुँदैन।’

डेसच्याम्प्सको सम्झौता कतार विश्वकप २०२२ सम्म छ। उक्त प्रतियोगितामा फ्रान्स उपाधि रक्षाका लागि विश्वकपको महाकुम्भमा सामेल हुनेछ। ‘प्रशिक्षकसँग मेरो गहिरो सम्बन्ध छ। मैले नजिकबाट राम्रोसँग चिन्छु,’ अध्यक्ष लोइलले थपे, ‘फुटबलका अप्ठ्यारा मलाई राम्रोसँग थाहा छ। सामान्य गल्तीले कहिलेकाहीं चुकिन्छ।’

फ्रान्सले ८० मिनेटसम्म ३–१ को अग्रता लिए पनि स्विट्जरल्यान्डले बाँकी १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो। अतिरिक्त समयमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। 

प्रकाशित: १६ असार २०७८ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App