१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आँसुबाट सुरुआत हर्षबाट अन्त्य

लुइस स्वारेजका लागि सन् २०२०–२१ सिजनको सुरुआत निकै दुखद रह्यो। बार्सिलोनाले उनलाई क्लब छोड्न बाध्य पारेपछि उनी निकै दुखी थिए। बार्सिलोना छोडेका उनी स्पेनिस ला लिगाकै अर्को क्लब एट्लेटिकोमा अनुबन्धित भए। दुखको आँसुका साथ सिजनको सुरुआत गरेका स्वारेजले आफू अझै लयमा रहेको प्रमाणित गर्दै हर्षको आँसुबाट सिजनको अन्त्य गरेका छन्।

स्वारेजले आफूलाई प्रमाणित गरेको दिन एट्लेटिको मड्रिडले शनिबार ८ वर्षपछि स्पेनिस ला लिगको उपाधि जितेको हो। शनिबार लिगको अन्तिम खेलमा डिएगो सिमोनीको टोलीले रियाल भालाडोलिडमाथि २–१ को जितका साथ सन् २०१४ पछि पहिलो पटक ला लिगाको उपाधि पक्का गरेको हो। स्वारेजले सिजनको २१औं गोल गरेको दिन एट्लेटिकोले साबिक विजेता रियाल मड्रिडलाई १ अंकले पछि पार्दै लिग च्याम्पियन बनेको हो।

‘मेरा लागि सिजनको सुरुआत निकै खराब रह्यो। बार्सिलोनाले मलाई निकै अपमानजनक ढंगबाट निकाल्यो। मेरो अवमूल्यन भयो,’ स्वारेजले भने, ‘एट्लेटिकोले मलाई मेरो क्षमता प्रमाणित गर्नका लागि मार्ग खोलिदियो।  

एट्लेटिकोकै विश्वासमा मैले आफू अझै उत्कृष्ट लयमा रहेको प्रमाणित गर्नुका साथै क्लबको उपाधियात्रामा महŒवपूर्ण भूमिका खेल्नसमेत सफल भएँ।’ एट्लेटिकोका लागि उपाधि पक्का गर्न भालाडोलिडमाथि जितको विकल्प थिएन। एट्लेटिकोको जितले उपाधिका लागि रियाल मड्रिड र भिल्लारियालबीचको खेलको नतिजाको अर्थ थिएन।  

तर पहिलो हाफमा एट्लेटिकोविरुद्ध भालाडोलिडले अग्रता लियो। तर त्यसै समय उता रियालले पनि भिल्लारियालसँग गोल खान पुग्यो। नाटकीय बनेको खेलको ५७औं मिनेटमा एन्जेल कोरियाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए। त्यसको १० मिनेटपछि स्वारेजले गरेको गोल एट्लेटिकोलाई उपाधि पक्का गर्न पर्याप्त बन्यो। खेल सकिएको सिटी बजेसँगै सबै खेलाडी स्वारेजतर्फ दौडिएका थिए। ‘स्वारेज उत्कृष्ट खेलाडी हुन्। जो निरन्तर लयमा छन् र गोल गरिरहेका छन्,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने।

रियालले पनि भिल्लारियालको चुनौती २–१ ले अन्त्य गरे पनि उपाधिका लागि पर्याप्त भएन। उपाधिरहित सिजनको अन्त्य भएसँगै रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब बढेको छ। एक साताअघि मात्र सिमोनीले यस सिजनको सफलतालाई ‘स्वारेज जोन’ को संज्ञा दिएका थिए। जुन स्वारेजले प्रमाणित गरेका छन्। गत साता पनि ओसासुनामाथि जित हात पार्दा स्वारेजले नै टोलीका लागि निर्णायक गोल गरेका थिए। ला लिगाको पछिल्लो १७ वर्षमा रियाल मड्रिड र बार्सिलोनाबाहेकका टोलीले उपाधि जितेको यो दोस्रो पटक हो। दुवै पटक एट्लेटिकोले विजेताको ताज पहिरिएको हो।  

 

प्रकाशित: १० जेष्ठ २०७८ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App