२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिदेशी ट्वान्टी–२० क्रिकेट: नेपालको स्थान सुधार

त्रिदेशी ट्वान्टी–२० क्रिकेट शृंखलाको फाइनलमा नेदरल्यान्डलाई स्तब्ध बनाउँदै ११ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको नेपालले यस फरम्याटमा एक स्थान सुधार गरेको छ।

कीर्तिपुरमा शनिबार डच टोलीमाथि १ सय ४२ रनको जित निकाल्दै उपाधि जितेको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार गरेको हो। यसअघि १५औं स्थानमा रहेको नेपाल १४औं स्थानमा उक्लिएको हो। नेपालले शृंखलाका पाँच खेलमध्ये चार जित निकाल्दा एक मात्र हार नेदरल्यान्डसँग लिगमा बेहोरेको थियो। 

नेदरल्यान्डले भने पाँच खेलमा दुई जित, दुई हार र एक बराबरीको नतिजा सामना गरेको थियो। नेदरल्यान्ड भने १७औं स्थानमा यथावत् नै छ। मलेसियाले चार खेलमा तीन हार बेहोर्दा डच टोलीसँग बराबरीको नतिजा निकालेको थियो। यस्तै मलेसिया भने एक स्थान तल झर्दै ३२औं स्थानमा खस्किएको छ।  

एसोसिएट राष्ट्रहरूमा नेपालभन्दा माथि संयुक्त अरब इमिरेट्स (युएइ) र आयरल्यान्ड क्रमशः १३औं र १२औं स्थानमा छन्। युएइको नेपालभन्दा मात्र तीन रेटिङ अंक बढी छ। नेपालको १८३ अंक र युएईको १८६ अंक छ। आइसिसीले यस फरम्याटमा अप्रिल २० पछि भने ब्याट्सम्यान र बलरको नयाँ वरीयता भने सार्वजनिक गरेको छैन। यसै शृंखलाबाट डेब्यु गरेका कुशल भुर्तेल पहिलोपटक शीर्ष सयभित्र अटाउँदा ९३औं स्थानमा छन्। 

कुशलले यस शृंखला चार अर्धशतक जोड्दा २ सय ७८ रन बटुलेका छन्। नेपालको तर्फबाट यो वरीयतामा यस शृंखला नखेलेका पारस खड्का ८२औं स्थानमा छन्। बलिङमा शृंखलाका सर्वाधिक विकेटकर्ता (१३ विकेट) सन्दीप लामिछाने ७७औं स्थानमा छन्। अब नयाँ वरीयता जारी भएमा कुशल र सन्दीपले सुधार गर्न सक्छन्। 

प्रकाशित: १३ वैशाख २०७८ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App