२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक क्रिकेट: विशाल लक्ष्य जोगाउन असफल

खेलकुद

नेपाली बलरले अनुशासित बलिङलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पछ्याएको नेदरल्यान्डले मंगलबार नेपालमाथि रोमाञ्चक जित निकाल्दै यसै त्रिकोणात्मक क्रिकेट शृंखलामा बेहोरेको हारको बदलासमेत लिएको छ।  

२ सय ७रनको विशाल लक्ष्य नेदरल्यान्डले सात विकेटको क्षतिमा निर्धारित २० ओभर सकिन तीन बल बाँकी छँदै पूरा गर्दै नेपालसँग शृंखलाको पहिलो खेलमा बेहोरेको हारको बदला लिएको छ। आफ्नो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्डले सबैभन्दा विशाल लक्ष्य पूरा गर्दा नेपालले भने दोस्रो ठूलो योगफलरक्षा गर्न सकेन।

नेपालले गत सागमा निकै कमजोर टोली भुटानविरुद्धको ट्वान्टी–२० मा २ सय ३६रन बनाएको थियो। नेपालले दोस्रो पटक ट्वान्टी–२० मा २ सय रन पार गर्दा कुशल भुर्तेलले कीर्तिमानी अर्धशतक बनाए। उनी डेब्युपश्चात् लगातार तीन अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान भए।

साथै कुशल वेस्ट इन्डिजका क्रिस गेलर न्युजिल्यान्डका ब्रेन्डन म्याककलमको लगातार चौथो अर्धशतकको रेकर्डनजिक पनि छन्। दीपेन्द्रसिंह ऐरीले पनि ट्वान्टी–२० मा पहिलो अर्धशतक बनाउँदा नेपालले बलियो टोलीविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरे पनि बलिङमा साथ पाउन सकेन। 

सुरुआतदेखि नै आक्रामक ब्याटिङ गरेका डच ब्याट्सम्यान घरेलु बलरमाथि पूर्ण हाबी भए। दोस्रो ओभरमै सन्दीप लामिछानेले ओपनर म्याक्स ओ डोडलाई ९रनमै एलबिडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। पावर प्लेमा डच टोलीले दुई विकेट गुमाए पनि ७१रन बटुल्यो। अर्का ओपनर टोबेस भिसेले दोस्रो विकेटको लागि बेन कुपरले ५१रनको साझेदारी गरे।  

सन्दीपले नै छैटौं ओभरमा भिसेलाई १५रनमा पवेलियन फर्काए पनि महँगा भइरहे। यद्यपि, कुपरले तेस्रो विकेटका बास डी लिडेसँग ४६ बलमा ६८रनको साझेदारी गर्दै तीव्र गतिमा इनिङ उकासे। खतरनाक बन्दै गएको यो साझेदारी पनि सन्दीपले १३औं ओभरमा तोडे पनि हरेक बलर किफायती बन्न सकेनन्। सन्दीपले ३५ बलमा ५५रन बनाएका कुपरलाई दीपेन्द्रबाट क्याच गराए। लगत्तै ओभरमा कुशल मल्लले आर्यन दत्तलाई शून्यमा पवेलियन फर्काउँदा नेदरल्यान्डको चौथो विकेट पतन भएको थियो।  

त्यससँग नेपालले पुनरागमनको झीनो आशा जगाए पनि डच टोली १३.३ ओभरमा १ सय ३३ रनमा थियो। तर, एक छेउबाट डी लिडेले लगातार ठूला सट खेल्दै इनिङ उकासेका थिए। उनले कप्तान पिटर सिलरसँग ४९रनको साझेदारी गर्दै नेदरल्यान्डलाई जिततर्फ डोर्‍याय। सिलरले १५ बलमा १ चौकार ३ छक्कासहित ३१रन बनाए पनि डी लिडे घातक साबित भए। १८औं ओभरको पहिलो तीन बलमा सिलरले सन्दीपलाई लगातार छक्कासहित २०रन बटुल्दा डच टोली पूर्ण हाबी हुनपुग्यो। नेदरल्यान्डलाई अन्तिम दुई ओभरमा २५रन आवश्यक भए पनि नेपाली बलरलेरोक्न सकेनन्। १९औं ओभरमा डी लिडेले दुई छक्कार एक चौका प्रहार गर्दा डच टोलीले १९रन बटुल्यो।

त्यससँगै अन्तिम ओभरमा ६रन आवश्यकरहँदा करन केसीले पहिलो बलमा एन्टोनियस स्टालको विके लिँदै रोमाञ्चकता थपे पनि त्यसपछि लिडेले लगातार दुई चौका प्रहार गर्दै तीन बलअगावै नेदरल्यान्डलाई जित दिलाए। लिडेले ४१ बलमा अविजित ८१रन जोड्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए। त्यस क्रममा उनले सात चौकार ५ छक्का प्रहार गरे। नेपालको बलिङमा सन्दीपले चार ओभरमा चार विकेट लिए पनि ४८रन खर्चिए। करन केसी, अविनाश बोहरार कुशल मल्लले समान एक विकेट लिए। दीपेन्द्रर कुशलबाहेक सबै बलर महँगा साबित भए।  

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६रन बनाएको थियो। यसअघिका दुई खेलमा कुशल भुर्तेलसँग शतकीय साझेदारी गरेका आसिफ शेख दोस्रो ओभरमा शून्यमै पवेलियन फर्किएका थिए। यद्यपि, ओपनर कुशलले दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ४३रनको साझेदारी गरे। तर, सातौं ओभरमा ज्ञानेन्द्र २०रनमा क्याच आउट भए। त्यसपछि कुशलले तेस्रो विकेटको लागि दीपेन्द्रसँग ७८रनको साझेदारी गरे। लगातार तेस्रो अर्धशतक पूरा गरेका कुशल १५औं ओभरमा किङ्माबाट क्याच भए। कुशलले ४६ बलमा ८ चौकार एक छक्कासहित ६२रन बनाए। दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ३ चौकार पाँच छक्कासहित ६०रन जोडे।  

७ बलमा ३ छक्का मद्दतले १८रन बनाएर कुशल मल्ल १७औं ओभरमा आर्यन दत्तबाट क्याच आउट भए। सोमपाल कामीले १३ बलमा २ चौकार १ छक्का मद्दतबाट अविजित २१ रन बनाउँदा नेपालले २ सय रनको योगफल पार गरेका थियो। डचको बलिङमा किङ्मा र सिलरले २/२ तथा लिडे र दत्तले १/१ विकेट लिए। नेपालले अन्तिम लिग खेल मलेसियासँग बिहीबार खेल्नेछ। समान तीन खेलबाट नेदरल्यान्ड र नेपालले समान दुई जितसहित समान चार अंक जोडेका छन्। यद्यपि, रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ।

प्रकाशित: ८ वैशाख २०७८ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App