२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिदेशीय फुटबलः रंगशालामा दर्शकलाई अनुमति

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ।

दशरथ रंगशालामा यही चैत १० देखि १६ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। प्रतियोगितामा दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने प्रवक्ता किरण राईले बताए। ‘तयारी करिबकरिब अन्तिम चरणमा पुगेको छ। त्रिदेशीय प्रतियोगितामा दर्शकको पनि उपस्थिति हुनेछ,’ एन्फा प्रवक्ता राईले भने, ‘कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिनेछ। सामान्य प्यारापिटतर्फ ७ सय र भिआइपीतर्फ १५ सय टिकट दर तोकिएको छ।’ दशरंथ रंगशालामा आयोजना हुन लागेको प्रतियोगिताका लागि एन्फाले रंगशाला तयारीलाई तीव्रता दिएको छ। यसअघि नै सार्वजनिक भएको तालिकाअनुसार नेपालले पहिलो खेल किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेलमा १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।  

पत्रकार सम्मेलनमा प्रवक्ता राईले विदेशमा व्यावसायिक फुटबल खेलिरहेका किरण चेम्जोङ र अभिषेक रिजाल प्रतियोगिताका लागि नेपाल आउने जानकारी दिए। यही प्रतियोगितामा सहभागिता जनाउनका लागि बिहीबारै बंगलादेशको टोली नेपाल आएको छ। बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आइसकेको छ। यस्तै किर्गिस्तानको यु–२३ टोली आइतबार मात्र नेपाल आउने एन्फाले जानकारी दियो। राउन्ड रोबिनका आधारमा हुने लिगको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। विजेताले ५ हजार डलर, उपविजेताले ३ हजार डलर प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर र म्यान अफ दी म्याच बन्ने खेलाडीले २ सय ५० डलर प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित खर्च १ करोड लाग्ने एन्फाले जनाएको छ।  

बालबालिकालाई रंगमञ्चको क्षेत्रमा आकर्षित गर्न शैली थिएटरले आयोजना गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल माध्यमबाट भइरहेको छ। बालबालिकाको विषयमा केन्द्रित रहेर शैली थिएटरले महोत्सवको १२औं संस्करण आयोजना गरिरहेको हो।  

गत चैत १ गते चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा नाटक ‘रिट्ठु’को प्रस्तु्तिसँगै महोत्सव सुरु भएको थियो। सन्तोष गिरीको लेखन तथा चेतन आङथुपोको निर्देशनमा तयार भएको सो नाटकमा १० वर्षे जनयुद्धका दौरान भोगेका सर्वसाधारण तथा बालकालिकाको अवस्थालाई चित्रण गरिएको छ। त्यस्तै महोत्सवको दोस्रो दिन सोमबार एभरेस्ट एकेडेमी अत्तरिया कैलालीबाट रंगकर्मी पुष्पराज अवस्थीको लेखन तथा निर्देशनमा नाटक ‘भूमिका’ को भिडियो प्रसारण गरिएको थियो। सुदूरपश्चिमको भाषा, लय तथा संगीत संयोजनमा प्रस्तुत गरिएको नाटकमा बालिका बलात्कारपछि हत्या गरिएको घटनालाई उठान गरिएको थियो।  

महोत्सवको तेस्रो र चौथो दिन भने क्रमशः मर्निङस्टार इन्टरनेसनल बोर्डिङ स्कुल विरेन्द्रनगर सुर्खेतबाट रञ्जित सिंहको लेखन तथा निर्देशनमा ‘अक्षर’ र नवलपरासीबाट सुनिल शर्मा ढुंगानाको लेखन तथा निर्देशनमा ‘भुन्टे’ नाटकको भिडियो प्रस्तुत गरिएको थियो। कोरोना भाइरस महामारीका कारण बालबालिकाको उपस्थितिमा नाटक मञ्चन गर्ने माहोल तयार नभइरहेको अवस्थामा महोत्सव भर्चुअल रूपमा गर्ने निर्णय गरिएको जानकारी महोत्सवका निर्देशक नवराज बुढाथोकीले दिएका थिए। ‘कोरोना भाइरस महामारीको त्रास कम नभइसकेको अवस्थामा बालबालिकालाई भौतिक रूपमा हलसम्म ल्याएर नाटक मञ्चन गर्ने माहोल नबनिसकेको हुँदा भर्चुअल रूपमा महोत्सवको आयोजना गरिरहेका छौं,’ उनले भने, ‘देशभरबाट प्राप्त बाल नाटकहरूलाई भिडियोमा प्रस्तुत गरिरहेको हुँदा हाम्रा लागि समेत नयाँ अनुभव भइरहेको छ। यसपटक देशभरका नाटक भर्चुअल रूपमा प्रसारण हुनेछन्।’

गत फागुन १५ सम्म देशभरबाट प्राप्त तीन दर्जन भिडियो नाटकमध्ये २८ प्रतियोगी नाटक महोत्सवमा सहभागी भइरहेका छन्। रंगकर्मी लुनिभा तुलाधर र लेखक अशोक थापाको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट नाटक छनोट गर्नेछन्। शैली थिएटरले हरेक दिन साँझ ७ बजे औपचारिक युट्युब च्यानलमार्फत नाटकहरू प्रसारण गरिरहेको छ। महोत्सव आगामी चैत १२ सम्म चल्नेछ।

प्रकाशित: ६ चैत्र २०७७ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App