२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

इण्डो–नेपाल टी–२० कञ्चन क्यापिटल कप शुरु

पोखरा क्रिकेट एकेडेमी टिम । तस्बिर नागरिक

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आईतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता शुरु भएको छ ।  

कन्चन आभुषणको मुख्य प्रायोजनमा आयोजित कञ्चन क्यापिटल कपको आईतबार पहिलो खेलमा पोखरा क्रिकेट एकेडेमीले भारतको अम्बिका क्रिकेट एकेडेमीलाई ७७ रनले पराजित गरेको छ ।  

टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट एकेडेमीले विपिन खत्रीको शतकीय पारीमा २०० रनको विशाल योगफल तयार पार्यो । खत्रीले ४२ बल खेल्दै १०२ रनको पारी खेले । सोहेल कुँवरले२४ बलमा ३० रन र मुस्कान थापाले १२ बलमा २३ रनको योगदान दिएका थिए । विधायक सुनीले ३ विकेट लिएका थिए ।  

२०१ रनको लक्ष्य पछ्याएको अम्बिका क्रिकेट एकेडेमी(भारत) १२३ रनमा समेटिएको थियो । विधायक सुनीले ४१ ब्लमा ४१ रनकै योगदान दिदाँ अश्विन कुुमारले २२ बलमा ३६ रन बनाए । पोखरा क्रिकेट एकेडेमीका सुवास भण्डारीले ४ विकेट लिदाँ विपिन खत्रीले ३ विकेट लिएका थिए ।  

प्रकाशित: २ चैत्र २०७७ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App