७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

गण्डकीका मुख्यमन्त्री भन्छन्ः खेलाडीलाई सेना, पुलिसले भन्दा बढी सुविधा दिन्छौं

खेलाडी पलायन रोक्न पहल गर्ने मुख्यमन्त्रीको भनाई

बिजेता खेलाडीलाई बधाई ज्ञापन गरेपछि सामुहिक तस्बिर खिचाउँदै मुख्यमन्त्री गुरुङ । तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशबाट खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । पोखरामा हालै सम्पन्न टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताका उपाधि बिजेता र आयोजक टोलीका लागि आयोजित ‘बधाई’ कार्यक्रममा गुरुङले रोजगारी खोज्दै खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने बताए ।  

‘खेलाडी उत्पादन गर्न बडो गाह्रो हुन्छ,’ उनले भने, ‘दुःख गरेर बल्लबल्ल खेल्न सक्ने बनाएपछि सेना, पुलिसले लगिहाल्छन्, अब यस्तो अवस्थाको अन्त्य गर्छौ । त्यसका लागि सेना, पुलिसले दिने भन्दा बढी सुविधा दिनेछौ ।’ सेना, पुलिसले पनि पछि पेन्सन नदिने भएकोले खेलुञ्जेल दिइनेजति सुविधा प्रदेश सरकारले पनि दिने उनले बताए । यति भएपछि खेलाडीले अवसर र रोजगारीका लागि भन्दै अन्यत्र चाहार्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।

मुख्यमन्त्री गुरुङले सेना, पुलिसल गायतका नेपालभरिका सबै टीमलाई हराएर गण्डकी प्रदेशले उपाधि जितेकोमा बधाई ज्ञापन गर्दै अब यो टीम कायम राख्नुपर्ने बताए । त्यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्ने हो त्यो गर्न तयार रहेको बताए । उनले गण्डकी प्रदेशमा रगत रगतमा भलिबल छ भन्ने बनाउनु पर्ने समेत बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार शिलवालले टाइगर कप भलिबल प्रतियोगिता जितेको टीमलाई संरक्षण गर्दै आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत भलिबलमा स्वर्ण पदक जित्नुपर्ने बताए । 

प्रकाशित: ३ फाल्गुन २०७७ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App