१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘पोखरा खेलाडी उत्पादनको कारखाना’

पोखरा रंगशाला क्रिकेट मैदानमा प्रदेश छनोट क्रिकेट प्रतियोगिताको उदघाटनमा बोल्दै सदस्यसचिव सिलवाल । तस्बिर धन बस्नेत÷नागरिक

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा अब खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा विकास हुनुपर्नेमा जोड दिएका छन् ।  

प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटको लागि प्रदेश छनोट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उद्घाटन गर्दै सदस्यसचिव सिलवालले पोखरा क्रिकेटको केन्द्र बन्दै गएको उल्लेख गरे । ‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपछर्,’ उनले भने, ‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तर्राष्ट्रियस्तरको मैदान पनि छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’  

नेपाली क्रिकेटले दुईदिन अघिमात्रै क्रिकेट प्रशिक्षक प्राप्त गरेको बताउँदै उनले अब नेपाली क्रिकेटले छलाङ मार्ने विश्वास लिएको स्पष्ट पारे । प्रदेशमा समेत प्रशिक्षक नियुक्त गरेर क्रिकेटको विकास र बिस्तारमा नयाँ आयाम थपिने उनको भनाई थियो ।  

अहिले १० वटा क्रिकेट रंगशाला निर्माण भईरहेको प्रशंग उठाउँदै सदस्य सचिव सिलवालले सातैप्रदेशमा अन्तर्राष्ट्रियस्तरको  रंगशाला बनाउने लक्ष्यसहित अघि बढिएको दावी गरे । ‘खेलकुदको विकासको लागि ग्रासरुटका कार्यक्रम, अफिसियल प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्दैछौ,ं’ उनले भने, ‘यसले खेलकुदमा छलाङ मार्छ भन्ने विश्वास हामीले लिएका छौं ।’  

कारोना कहरले नेपाली खेलकुदको क्यालेण्डर नै विग्रिएको उनले बताए । उनले कोरोनाले गर्दा खेलकुदको क्यालेण्डर परिवर्तन गर्नुपर्ने बताउँदै नेपाली क्रिकेटले सिरिज मात्रै नभई टेष्ट खेल्ने तर्फ ध्यानदिनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका–३३ को पशुपतिघाटमा बन्ने तयारीमा रहेको प्रदेश अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर समेत तयार भएको सुनाए । १ अर्ब ३५ करोड रुपैयाँ लागतमा मैदान बन्ने डीपीआरमा उल्लेख छ ।  

बिहीबार पोखरा आएका सदस्य सचिवले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगता तोकिएको मितिमा आयोजना गर्न नसकिने स्पष्ट पारेका थिए । विभिन्न जिल्लाका संघहरुसँग राय–सुझाव माग गरिरहेकै बेला सदस्य सचिवले तोकिएको मितिमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको सम्भावना नरहेको बताएका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन २०–२७ सम्म गर्ने निर्णय गरिएको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा नेपालगन्जबाट नवौंको लागि गण्डकी प्रदेशले झण्डा ल्याएको हो । 

प्रकाशित: ३ पुस २०७७ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App