१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेट टोलीको प्रशिक्षण सुरु

कोरोना भाइरसको महामारीपश्चात् नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक प्रशिक्षण सुरु गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले महामारीका कारण लामो समयदेखि घरमै बस्न बाध्य नेपाली राष्ट्रिय टोलीको बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो। करिब ९ महिनापछि खेलाडीहरूले त्रिभुवन विश्वविद्यालय (टियु) को क्रिकेट मैदानमा प्रशिक्षण आरम्भ गरेका छन्। क्यानले नेपाल सरकारको नीति निर्देशनअनुरू स्वास्थ्य प्रोटोकल अपनाएर मंसिर १० गते राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने उद्देश्यले कप्तान ज्ञानेन्द्र मल्लसहित २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।  

त्यसका लागि क्यानले सबै खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोनाको परीक्षण गराएको थियो, जसमध्ये कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र एक जना ग्राउन्ड स्टाफको परीक्षण पोजिटिभ आएको थियो। उनीहरू होम  आइसोलेसनमा छन्। अन्य खेलाडीले भने बिहीबारबाट प्रशिक्षण सुरु गरेका छन्। कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङका कारण पहिलो दिन ९ जना खेलाडीले प्रशिक्षण गरेको टिम व्यवस्थापक विक्रम न्यौपानेले जनाकारी दिए। उनीहरूलाई  प्रशिक्षक जगत टमाटा र फिटनेस कोच भारतीय आसय हतकरले प्रशिक्षण गराएका थिए। टिमको फिजियोमा विक्रम न्यौपाने छन्। पहिलो चरणमा २० दिनको प्रशिक्षण हुनेछ। त्यसपछिको दोस्रो चरणका लागि क्यानले निर्णय गर्नेछन्।

क्यानले सबै खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोनाको परीक्षण गराएको थियो, जसमध्ये कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र एक जना ग्राउन्ड स्टाफको परीक्षण पोजिटिभ आएको थियो। उनीहरू होम  आइसोलेसनमा छन्।अन्य खेलाडीले भने बिहीबारबाट प्रशिक्षण सुरु गरेका छन्।

क्यानले थप पाँच जना खेलाडीलाई विक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकेश पनि बन्द प्रशिक्षणमा बोलाएको छ। उनीहरूले १३ गतेदेखि प्रशिक्षण सुरु गर्ने बताइएको छ। क्यानले यसअघि जगतबहादुर टमाटाको प्रशिक्षणमा पारस खड्का, वसन्त रेग्मी, शरद भेषावकर, विनोद भण्डारी, सुवास खकुरेल, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, अविनाश बोहोरा, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।  

यद्यपि, नेपालले कुनै पनि शृंखला खेल्ने भने तय भएको छैन। तर, नेपालले विश्व क्रिकेट लिग–२ को मार्चमा ओमानमा हुने त्रिकोणात्मक शृंखला खेल्नेछ। यद्यपि, नेपालले त्यसअघि मैत्रीपूर्ण शृंखला खेल्ने योजना बनाइरहेको बुझिएको छ।

प्रकाशित: १२ मंसिर २०७७ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App