coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नौ महिनापछि मंसिरदेखि पोखरा रंगशाला खुल्ने

कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ। चैत ११ गते कोरोना कहरको लकडाउनसँगै रंगशाला बन्द भएपछि सबै खेलकुद गतिवधि पूर्ण रुपमा ठप्पै थियो। खेलकुद मात्रै नभई अन्य पनि ठप्प थिए। तर विस्तारै एकपछि अर्को गरी खुल्दै गएपछि खेलकुद गतिविधि सञ्चालन गर्न समेत सरकारले स्वीकृति दिएको छ। मंसिर १ गतेदेखि पर्यटन क्षेत्र खुला गर्ने सरकारले सार्वजनिक गरिसकेको छ। पर्यटन क्षेत्रसँगै खेलकुद क्षेत्र पनि चलायमान बनाउन उद्देश्यसहित खुलाउने निर्णय सरकारले गरिसकेको छ।  

‘खेलकुद क्षेत्र खुलाउने बारे क्याविनेट बैठकबाट निर्णय भईसकेको छ’ राष्ट्रिय खेलकुद परिषदका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले भने–‘तर राखेपले भने निर्णय गरिसकेको छैन।’ उनका अनुसार राखेपको बैठक गरेर निर्णय गरेपछि सबै रंगशालामा प्रशिक्षणको लागि खुला हुने उनको भनाई थियो। थापा कोरोना संक्रमित भएका छन्। घरमै आइलोसेनमा बसेका छन्। परिषदका सदस्य सचिव रमेश सिलवाल राजधानी बाहिर छन्। ‘बैठक बस्न पाएको छैन। बैठकपछि नै सबैलाई परिपत्र हुन्छ’ थापाले सुनाए। प्रशासन विभाग प्रमुख थापाले स्वीकृति लिएका खेलकुदका गतिविधि सञ्चालनमा भने रोकतोक लगाइएको छैन।  

सरकारको निर्णयसँगै खेलकुद क्षेत्रमा नयाँ उत्साह थपिएको छ। पोखरा रंगशालामा पनि आधिकारिक रुपमा राखेपको परिपत्र नआउँदा अन्यौलता थियो। ‘राखेपबाट खेलकुद खुलाउने विषयमा कुनै पत्र भने प्राप्त भईसकेको छैन।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘परिपत्र आएपछि खुल्छ। यद्यपी खेलाडीहरुलाई प्रशिक्षण गर्न भने रोक लगाइएको छैन।’ तिहार लगत्तै परिपत्र हुने सम्भावना छ। तिहारपछि खेलकुदको गतिविधि सक्रिय हुने छ। झण्डै नौ महिनापछि खेलकुद क्षेत्रको गतिविधिसँगै प्रशिक्षण शुरु हुने छ। पोखरा रंगशालामा बास्केटल, भलिबल, व्याडमिन्टन, मार्शल आर्टस तथा टेनिसका खेल गतिविधि भईरहेका छन्।  

सदस्य सचिव रमेश सिलवालले पोखरामै तीन दिनअघि स्वागत कार्यक्रममा कोरोना कहर बाहेक अन्य कारणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने प्रतिबद्धता जनाईसकेका छन्। यसले गर्दा नै खेलकुद गतिविधि चलायमान हुने विश्वास गरिएको छ। गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि २७ गतेसम्म नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी छ। खेलाडीको प्रशिक्षणसँगै राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी तयारी बनाउन पनि अत्यावश्यक भईसकेको अवस्थाले रंगशाला खुलाउनुपर्ने दबाव परेको बुझिएको छ। ‘कोरोना कहरकै कारण रोकिए नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिन्छ, अन्य कुनै कारणले रोकिन्न।’ सिलवालले पोखरामै अभिव्यक्ति दिएका थिए।

प्रकाशित: २८ कार्तिक २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App