coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दसैंको टीकाका दिन बिहानै भावुक हुँदै सन्दीप लामिछानेले भने : मन त नेपालमै छ

दसैंका बेला पनि घर आउन नपाएपछि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने भावुक बनेका छन्।

इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युएईमा रहेका उनले दसैंको टीकाको दिन आज बिहानै ट्विटरमार्फत शरीर टाढा भए पनि आफ्नो मन नेपालमै रहेको उल्लेख गरेका हुन्।  

‘हिन्दुहरूको महान् चाड शुभ विजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन्। सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना,’ उनले लेखेका छन्, ‘सुरक्षित र स्वस्थ रहनुहोस्। सम्पूर्णमा मेरो माया। टाढा भए पनि मन भने नेपालमै छ। शुभ दसैं।’ 

प्रकाशित: १० कार्तिक २०७७ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App