२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेसन्स लिग: बेल्जियमको फराकिलो जित, इङल्याण्ड बराबरीमा रोकियो

यूइएफए नेसन्स लिग फुटबलमा बेल्जियमले शानदार जित निकालेको छ। मंगलबार घरेलु मैदानमा सम्पन्न समूह दुईको खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।  

होलम्बेड फर्डिजोन्सनको ११ औं मिनेटमा गरेको गोलबाट पाहुना टोलीले अग्रता लिएपनि कायम राख्न सकेन्। बेल्जियमका लागि मिचोइ बात्सुयाइले दुई तथा एक्सेल विस्टिल, मर्टिन्स र जेर्मी डक्वीले एक/एक गोल गरे। अघिल्लो खेलमा डेनमार्कलाई पराजित गरेको बेल्जियमले नेसन्स लिगमा राम्रो सुरुवात गरेको हाे।  

यस्तै यहि समूहमा रहेको इङल्याण्डले भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ। दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। यो समूहमा बलियो मानिएको इंग्ल्याण्डले आशा गरेअनुसार प्रर्दशन गर्न सकेको छैन। समूह चरणको पहिलो खेलमा आइसल्याण्डसँग १–० को कठिन जित निकालेको इंङ्लिस टोलीले घरेलु मैदानमा तुलनात्मक रुपमा कमजोर मानिएको टिमसँग बराबरी खेल्दै अंक बाडेको हो।  

यो समूहमा बेल्जियम, इङल्याण्ड,  डेनर्माक र आइसल्याड छन्। दुइ चरणको खेल सकिएको यो समूहमा बेल्जियम दुवै खेलमा जित निकाल्दै शिर्ष स्थानमा छ। एक खेलमा बराबरी र एक खेलमा जित निकालेको इङल्याण्ड दोस्रो तथा एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको डेनर्माक तेस्रो स्थानमा छ। यस्तै दुइटै खेलमा हार बेहेरोके आइसल्याड चौथो स्थानमा छ।

प्रकाशित: २४ भाद्र २०७७ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App