२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोहली आशावादी

रोयल च्यालेन्जर्स बेंगलौर (आरसिबी) सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिगको पहिलो उपाधि जित्नका लागि यस पटक पनि संघर्ष गर्नेछ।  

आरसिबीसँग विश्व क्रिकेटकै स्तरीय खेलाडी विराट कोहली, एबी डी भिलियर्स, क्रिस गेल र सेन वाट्सनजस्ता खेलाडी हुँदा पनि आइपिएलमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्ष गर्दै आइरहेको छ। पछिल्ला सिजन अंकतालिकाको पुछारमा रहेर टुङ्ग्याएपछि आरसिबीमाथि तीव्र आलोचनासमेत भएको थियो। उनीहरूको टोली कुनै समय पनि उपाधिनजिक नदेखिएका होइनन्। सन् २०१६ को सिजनको आइपिएलमा विराट कोहली र डी भिलियर्सको यादगार प्रदर्शनबाट आरसिबी फाइनलमा पुगेको थियो।

तर, फाइनलमा सनराइजर्स हैदराबादसँग ८ रनले स्तब्ध भएपछि त्यस पटक पनि उपाधि उचाल्ने अवसर गुमायो। त्यस सिजन विराटले ९ सय ७३ रन जोड्दै सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान बनेका थिए र जसमा भिलियर्स तेस्रो स्थानमा थिए। सन् २०२० मा पनि आरसिबीलाई मेडन उपाधिको दाबेदारको रूपमा हेरिएको छ। कप्तान कोहलीले पनि सन् २०१६ पछि अलराउन्डमा राम्रो टोली बनेको विश्वास गरेका छन्। ‘यस पटक टोलीमा सबै पक्ष राम्रो देखिएको स्वीकार गर्छु। त्यसैले पनि हामीले क्रिस मोरिसजस्ता महत्वपूर्ण खेलाडीलाई टोलीमा समावेश गर्न चाहन्थ्यौं। उनीसँगै टोलीमा धेरै अनुभव पनि दिलाउनेछ,’ कोहलीले भने।

उनले यस पटक अनुभवी र प्रतिभावान् युवा खेलाडी टोलीमा रहेको बताएका छन्। ‘यस पटक राम्रा युवा खेलाडी पनि भएकाले निकै खुसी छौं। एरोन फिन्चजस्ता अनुभवी खेलाडी पनि छन्। केही प्रतिभावान् युवा खेलाडी पनि छन्।’ विराटले ट्वान्टी–२० क्रिकेटमा अनुभवी, सन्तुलित र क्षमतावान् देखिएका खेलाडी यस पटक टोलीमा रहेको विश्वास व्यक्त गरेका छन्। टिमप्रति पूर्ण उत्तरदायी र अवसरको खोजीमा रहेका खेलाडीको सम्मिश्रणले गर्दा यस सिजन राम्रो नतिजा आउनेप्रति विराट आशावादी देखिएका छन्।  

‘वास्तवमा भन्नुपर्दा सन् २०१६ को सिजनलाई हामी सधैं सम्झने गर्दछौं। त्यसपछि यस पटक निकै सन्तुलित टिम बनेको महसुस गरेको छु। त्यही आधारमा अगाडि बढ्ने लक्ष्य छ। हामीसँग भएकाले क्षमतालाई मैदानमा पूर्णता दिने सके नतिजा राम्रो आउनेमा विश्वस्त छु,’ विराटले भने। संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आइपिएलका लागि आरसिबी हाल दुबईमा प्रशिक्षण गरिरहेको छ र उनीहरूले यस सिजनको पहिलो खेलमा सन् २०१६ कै फाइनल प्रतिद्वन्द्वी सनराइजर्स हैदरावादसँग सेप्टेम्बरमा २१ मा प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: २३ भाद्र २०७७ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App