८ वैशाख २०८१ शनिबार
खेल

‘मानकड’ नदोहोर्‍याउन चेतावनी

दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रविचन्द्रन आश्विन र समग्र टोलीलाई ‘मानकड’ रनआउट सह्य नहुने भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् ।

अर्को महिना युएईमा हुने आइपिएलमा पोन्टिङले दोस्रो पटक दिल्लीलाई प्रशिक्षण दिन लागेका हुन् । पोन्टिङले सो विवादास्पद रणनीति मान्य भए पनि त्यो खेलभावनाविपरित हुने बताए ।

अलराउन्डर आश्विनले गत सिजन आइपिएलमा किङ्स इलेभेन पन्जाबको कप्तानी गरिरहँदा राजस्थान रोयल्सका जस बट्लरलाई ‘मानकडिङ’को सिकार बनाएका थिए ।

यस सिजन भने दिल्लीले आश्विनलाई टोलीमा भित्र्याएको हो । पोन्टिङले ‘मानकड’ रनआउटका विषयमा आश्विनसँगको छलफल आफ्नो प्राथमिकता भएको बताए ।

सन् १९४७ को सिड्नी टेस्टमा भारतका विनो मानकडले बलर इन्डमा रहेका बिल ब्राउनलाई बलिङ गर्ने क्रममा बेल हटाउँदै रनआउट गरेसँगै सो रनआउटलाई मानकड भन्न थालिएको थियो ।

‘म आश्विन र अन्य खेलाडीसँग पनि यस विषयमा छलफल गर्छु, यो नै मेरो पहिलो प्राथमिकता हो,’ पोन्टिङले भने, ‘मलाई थाहा छ यो छलफल गरामागरम हुन सक्छ तर आश्विनले मेरो प्रस्ताव स्वीकार गर्नेमा आशावादी छु । मलाई ‘मानकड’ रनआउट नियमसम्मत भएको र यसो गर्न पाउनु एउटा खेलाडीको अधिकार भएको पनि थाहा छ तर यो खेलभावनाभित्र भने पर्दैन । दिल्लीले पनि आफ्नो खेलमा यस्ता विवादास्पद कदम चाल्छ जस्तो मलाई लाग्देैन ।’

सन् १९४७ को सिड्नी टेस्टमा भारतका विनो मानकडले बलर इन्डमा रहेका बिल ब्राउनलाई बलिङ गर्ने क्रममा बेल हटाउँदै रनआउट गरेसँगै सो रनआउटलाई मानकड भन्न थालिएको थियो । यस प्रकारको रनआउट मान्य भए पनि खेलभावनाविपरीत भन्दै विवादित बन्दै आएको छ ।

‘बलर रोकियो र ब्याट्सम्यान क्रिजभन्दा केही कदम अघि बढेको छ भने बेल हटाएर रनआउट गर्ने भन्दा पनि अम्पायरले केही रनको जरिवाना तथा अन्य केही नियम लागू हुनुपर्दछ,’ पोन्टिङले भने ।

प्रकाशित: ५ भाद्र २०७७ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App