२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाली क्लब क्रिकेट लिग स्थगित

स्वास्थ्य अधिकारीहरूले विदेशी खेलाडी अनिवार्य रूपमा दुई साताका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेसँगै श्रीलंका क्रिकेट बोर्डले मंगलबार यसै महिनाको अन्त्यबाट सुरु हुने भनिएको क्लब क्रिकेट लिग स्थगन गरेको छ।

श्रीलंका क्रिकेटले अगस्ट २८ बाट लंका प्रिमियर लिग (एलपिएल)को आयोजनासँगै क्रिकेट गतिविधि पुनः सुचारु गर्ने योजना तयार पारेको थियो। एलपिएलमा ७० विदेशी खेलाडी अनुबन्धित छन्।  

‘हामीले विदेशी खेलाडीको हकमा तीन दिन क्वारेन्टिनमा राख्ने प्रस्ताव गरेका थियांै तर स्वास्थ्य अधिकारीहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताए,’ श्रीलंका क्रिकेटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो आदेशपछि यसै महिना प्रतियोगिता आयोजना गर्न सम्भव छैन।’

४ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिन लागेको प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म गराउने तालिका थियो।  

यता इन्डियन प्रिमियर लिग (आइपिएल) भने युनाइटेड अरब इमिरेट्स (युएई) मा सेप्टेम्बर १९ देखि आयोजना हँुदै छ। श्रीलंका क्रिकेटले एलपिएलमा कुन देशका कुन खेलाडी अनुबन्धन भएका थिए भन्नेबारे भने केही खुलाएको छैन।

हाल श्रीलंका प्रवेश गर्र्ने विदेशी खेलाडी सरकारले तोकेको क्वारेन्टिनमा दुई साता तथा त्यहाँबाट निस्किएपछि थप दुई साता सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यकारी नियम ल्याइएको छ।

श्रीलंका सरकारले अगस्ट १ बाटै सम्पूर्ण अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने जनाएको थियो। तर कोरोना संक्रमितको संख्या दिनदिनै बढेसँगै श्रीलंका सरकार सो निर्णयबाट पछि हटेको थियो। श्रीलंकामा हाल सम्म २ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरस महामारीका रूपमा फैलिएसँगै इङ्ल्यान्डले मार्च १३ देखि तय श्रीलंकाविरुद्धको दुई टेस्ट शृंखला नखेल्ने निर्णय गरेको थियो। त्यस्तै दक्षिण अफ्रिका र बंगलादेशले पनि श्रीलंका भ्रमण तत्कालका लागि रद्द गरेका थिए।

प्रकाशित: २८ श्रावण २०७७ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App