१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

फिलिपिन्स ओपन करातेमा नेपाललाई १ स्वर्ण

फिलिपिन्स ओपन भर्चुअल कुमुते च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, चार रजत र पाँच कांस्यसहित कुल १० पदक जितेको छ।

सितोरियो कराते डो फिलिपिन्सको आयोजनामा आइतबार सञ्चालित च्याम्पियनसिपमा आयोजक राष्ट्रबाहेक एक मात्र स्वर्ण जित्दै नेपाल दोस्रो हुन सफल भएको हो। च्याम्पियन भएको आयोजक फिलिपिन्सले १० स्वर्णसहित स्वर्ण पदकमा वर्चस्व जमाएको च्याम्पियनसिपका चिफ रेफ्रीसमेत रहेका रवि साहीले जानकारी दिए। नेपालको तर्पmबाट एक मात्र स्वर्ण पदक सुविता गौतमले जितेकी थिइन्। ८ वर्षमुनि उमेरसमूहको फाइटमा स्वर्ण जित्न सफल सुविताले कुल ७.८ अंक प्राप्त गरेकी थिइन्। उनले मकाउकी केली ताम र केइ चीलाई पछि पारेकी थिइन्। केलीले ७.६ अंक र केईले ७.४ अंक प्राप्त गरेकी थिइन्।

त्यस्तै नेपालकै अनुराग पाण्डे, दीपिका सापकोटा, दीपसन सापकोटा र छिरिङ बुद्धले रजत पदक जिते। अनुराग २१ वर्षमुनि, दीपिका १३ वर्षमुनि, दीपसन १० वर्षमुनि र छिरिङ १३ वर्षमुनि उमेरसमूहको फाइटमा रजत पदकमै खुम्चिए। त्यसै गरी फाइटतर्पm सरोज रिसाल, जुलियाना मोक्तान, अनमोल मगर र सम्पूर्ण मगरले कांस्य पदक प्राप्त गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा दरखास्त दिएका सुनील नकर्मीले ४५ वर्षमुनि उमेरसमूहमा कांस्य पदक जित्न सफल भए। च्याम्पियनसिपमा आयोजक फिलपिन्स, क्यानाडा, मकाउ, इरान र हङकङ गरी कुल १५ राष्ट्रका खेलाडीले चुनौती प्रस्तुत गरेको चिफ रेफ्री रवि साहीले जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०७७ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App