३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आर्चर टोलीमा फर्किए

तीन टेस्ट शृंखलाको निर्णायक खेलमा इङ्ल्यान्डले जोफ्रा आर्चरलाई टोलीमा फर्काएको छ।  

तीव्र गतिका इङ्लिस बलर जोफ्रा आर्चरले आफूमाथि रंगभेदी दुर्व्यवहारका कारण अपमानित महसुुस गरेकाले वेस्ट इन्डिजविरुद्धको निर्णायक तथा तेस्रो टेस्ट खेल्न सक्ने अवस्था जनाएका थिए। तर उनलाई टोलीले बिहीबार पुनः टोलीमा बोलाएको हो। वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा पराजित भएपछि आर्चर आफ्नो परिवार भेट्न गएका थिए जुन टोली निर्देशनविपरीत भएको भन्दै इङ्ल्यान्ड क्रिकेट बोर्डले आर्चरलाई दोस्रो टेस्ट दौरान टोलीबाट हटाएको थियो।  

‘शतप्रतिशत मानसिक तनावमुक्त भए मात्र टोलीका लागि राम्रो खेल्न सक्छु,’ तीव्र गतिका बलर आर्चर एक पत्रिकाको कोलममा बुधबार लेखेका छन्।

‘अहिलेको अवस्थामा ९० माइल प्रतिघण्टा फ्याँक्न नसके समाचार बन्छु,’ आर्चरले थपे। आर्चर शुक्रबार वेस्ट इन्डिजसँग हुने निर्णायक खेलको टोलीमा फर्किएका हुन्। खेल वल्र्ड ट्राफोर्डमा हुँदै छ। दुई टेस्ट खेल सकिँदा दुवै टोलीले एक÷एक खेलमा जित निकालेका छन्।  २५ वर्षे आर्चरले इङ्ल्यान्डको व्यवस्थापन पक्षलाई आफू खेल्नका लागि योग्य भएको जनाएका छन्।

प्रकाशित: ९ श्रावण २०७७ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App