७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

मालोर्काविरुद्धको खेलमा मेसी फर्कने

थाइको सामान्य चोट खेपिरहेको स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइरक लियोनल मेसी जुन १३ मा मालोर्कासँग हुने खेलमा फर्किने क्लबले बताएको छ ।

गत मार्च महिनाबाट कोरोना (कोभिड–१९) कारण स्थगित भएका लिग आगामी साताबाट सुचारु हुने तयारी भइरहेको छ । त्यसैले बार्सिलोनाले लियोनल मेसीसहितको टोली पहिलो खेलमा फर्किने क्लबले शुक्रबार बताएको हो ।

मेसीले गत मंगलबारबाट टोलीसँग सामान्य अभ्यास पनि गरेका छैनन् । मंगलबारबाट अभ्यासमा पनि नदेखिएका मेसी बुधबार र शुक्रबार व्यायाम गर्न एक्लै पुगेका थिए । तर बिहीबार सबै क्लबलाई बिदा दिइएको थियो ।

मेसीको क्लब बार्सिलोनाले उनी सुचारु हुन लागेको लिगका लागि केही दिनमा नै अभ्यासमा फर्किने बताउँदै आएको छ । साथै उनको अनुपस्थितिले उनी बढी नै घाइते भएको आशंका हुने भएकाले उनको उपस्थिति जरुरी रहेको बताएको हो । बार्सिलोनाले  १० दिनअगाडिबाट अभ्यास गर्न थालेको हो । प्रतिस्पर्धात्मक खेल जुन ११ बाट हुने हुँदा अन्य  क्लबले अभ्यासलाई सुचारु गरेका हुन् । कोरोना भाइरसका कारण तीन महिना स्थगित भएको खेलकुद गतविधि आगामी साताबाट सुचारु हुन लागेको हो ।

‘मेसीलाई थाईमा सामान्य मांसपेशीको समस्या रहेको छ । उनी निगरानीमा रहेर उपाचार गरिरहेका छन् । केही दिनभित्र नै प्रतिस्पर्धात्मक खेल सञ्चालन हुने भएकाले जोखिम नमोल्न तोकिएको सामान्य अभ्यास गरिरहेका छन्,’ बार्सिलोनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘मेसी समकक्षीसँग आउँदो दिनबाट अभ्यासमा फर्किनेछन् ।’

कोरोना भाइरसको महामारीपूर्व मेसी सामान्य घाइते भएका थिए । ३२ वर्षे मेसीलाई ६ साता खेल मैदानबाहिर बस्नुपर्ने बताइएको थियो । अगस्ट र सेप्टेम्बर महिनाका लागि बाहिर बस्न भनिएको थियो । कापमा चोट भोगेका मेसीलाई बायाँ खुट्टामा चोट लागेको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App