७ वैशाख २०८१ शुक्रबार
खेल

मनाङ र पुलिसबीच प्रतिष्ठाको लडाई

उपाधि भिडन्त अघि शुक्रबार आहा ! रारा गोल्डकपको ट्रफी उचाल्दै मनाङ र नेपाल पुलिस क्लबका प्रशिक्षक र कप्तान। तस्बिरः सन्देश/नागरिक

पोखरा - मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप उपाधिका लागि शनिबार यस प्रतियोगिताका सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दि र नेपाल पुलिस आमनेसामने हुँदैछन्।

पुलिसले हालसम्म ६ पटक यस प्रतियोगिताको उपाधि उचाल्दा मनाङले पाँच पटक सफलता हात पारेको छ। उपाधि भिडन्तमा समेत यी दुई टोलीबीच सर्वाधिक प्रतिस्पर्धा भएको छ। आहा रारा गोल्डकपमा सात पटक आमनेसामने भएका यी दुई टोली उपाधिका लागि भने चौथो पटक भिड्न लागेका हुन्। यसअघि तीन पटक उपाधिका लागि यी दुई टोली भिडिसकेका छन्। जसमा मनाङले दुई पटक र पुलिसले एक पटक उपाधि जितेका छन्। त्यसैले शनिबार हुने प्रतिस्पर्धा यी दुई टोलीबीचको प्रतिष्ठाको लडाईसमेत हुनेछ। १० लाख राशिको पुरस्कारसहित उपाधि जित्न दुवै टोलीले तयार रहेको बताएका छन्। मनाङले पहिलो खेलमा झापा–११ लाई र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

मनाङले केही साताअघि मात्र धरानमा बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो। मनाङले फाइनलमा पुलिसलाई नै निराश पार्दै उपाधि जितेको थियो। त्यसैले आहा रारा गोल्डकपको उपाधि भिडन्तलाई पुलिसले बदला लिने अवसरको रूपमा समेत पाएको छ। पुलिसले भने पहिलो खेलमा साहारालाई र सेमिफाइनलमा साबिकको विजेता थ्री स्टारलाई स्तब्ध बनाउँदै फाइनलको टिकट काटेको थियो। नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले मनाङ राम्रो टिम भए पनि यस पटक उसलाई पराजित गर्दै उपाधि जित्ने बताए। ‘मनाङको विशेषता भनेको कम्प्याक्ट डिफेन्सिभ गेम हो, उसले काउन्टर अट्याकमा गोल गर्ने रणनीति बनाउँछ।

त्यसलाई विफल बनाउँदै जित निकाल्ने हाम्रो रणनीति हुन्छ,’थापाले भने, ‘युवा टोली भएकाले सबैमा जोशका साथै उपाधि चुम्ने हुटहुटी छ। योजनाअनुसारै खेल्छन् र टिम स्पिरिट पनि राम्रो छ।’ मनाङ मर्स्याङ्दि क्लबका प्रशिक्षक फुजा टोपेले धेरैपछि रिफम्र्याट गरेर बनाएको टिमले राम्रो गरिरहेकाले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए। टोलीमा युवाहरूलाई अवसर दिएका छौं,‘उनले भने, ‘रणनीतिअनुसार खेले भने उपाधि टाढा छैन।’ पुलिसले हालसम्म ६ पटक यस प्रतियोगिताको उपाधि उचाल्दा मनाङले पाँच पटक सफलता हात पारेको छ। उपाधि भिडन्तमा समेत यी दुई टोलीबीच सर्वाधिक प्रतिस्पर्धा भएको छ। आहा रारा गोल्डकपमा सात पटक आमनेसामने भएका यी दुई टोली उपाधिका लागि भने चौथो पटक भिड्न लागेका हुन्।
 

प्रकाशित: १ चैत्र २०७६ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App