६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सातदोबाटोको रोमाञ्चक जित

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले श्री कुमारी क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा मंगलबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई जित दिलाउन दिनेश राईले गोल गरेका हुन्। दिनेशले १४औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

आइतबारको जितसँगै सातदोबाटो युथ क्लबलले जारी लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ। पराजित श्री कुमारीको यो दोस्रो हार हो। तीन खेलमा श्री कुमारीले ३ अंक जोडेको छ। यता जित निकालेको सातदोबाटोको ३ खेलबाट स्पष्ट ९ अंक भएको छ। यसअघि पहिलो खेलमा नयाँ बस्ती युथ क्लबलाई हराएको सातदोबाटोले दोस्रो खेलमा टुसाल युथ क्लबलाई हराएको थियो।

लिगमा बुधबार श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App