३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

जितगढी सेमिफाइलनमा

भैरहवा - जितगढी क्रिकेट क्लब नेपाल टेलिकम रुपन्देही सुपर लिग ‘ए’ डिभिजनमा शुक्रबार सेमिफाइनलमा पुगेको छ।

खराब मौसमका कारण ४७ ओभरमा छोट्याइएको खेलमा साई ग्लोबल क्रिकेट क्लबमाथि आठ विकेटको जित निकाल्दै जितगढी क्रिकेट क्लब समूहविजेताका रूपमा सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो। ९२ रनको झिनो लक्ष्य जितगढीले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सहज जित निकाल्यो। जितगढीका देव खनालले सर्वाधिक ३२ रनको योगदान दिए। उनले ४४ बलमा दुई चौका प्रहार गरे। सन्दीप सुनारले २८  रन बनाउँदा सौरभ खनालले अविजित २५ रनको योगदान दिए। साई ग्लोबलका इमरान खान र अहमद हुसेनले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साई ग्लोबल क्रिकेट क्लबले २९ ओभरमा अलआउट हुनुअघि ९१ रन मात्र बनाउन सक्यो। साई ग्लोबलका इमरान खानले ३५ रन र आसुतोष पासवानले २० रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। जितगढीको बलिङमा रसिद खानले एक्लैले पाँच विकेट लिए। अनिल खरेलले ३ विकेट लिँदा अर्जुन गिरि र विक्रम भुसालले १/१ विकेट निकाले। जितगढीका रसिद खान म्यान अफ दी म्याच घोषित भए।

उनलार्ई बुद्ध स्पोट्स क्लबका कोषाध्यक्ष राजेश चौधरीले नगद एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरे। शनिबारको खेलमा शंकरनगर क्रिकेट क्लब र बुद्ध स्पोट्स क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए । प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित र ट्रफी प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले १५ हजार तथा बेस्ट ब्याट्सम्यान, बेष्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार पुरस्कार पाउनेछन्।

प्रकाशित: ११ माघ २०७६ ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App