२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जितगढी र एमसीसी जितसँगै डिभिजन 'ए' मा

शनिबारको पहिलो म्यान अफ द म्याच जितगढीका सन्दिप सुनारलाई रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाणले पुरस्कृत गर्दै ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको शनिबारको क्रिकेट प्रतियोगितामा एमसीसी  र जितगढी  क्रिकेट क्लब विजयी भएको छन्। २ दिन बर्षाले प्रतियोगिता अवरुद्ध भएपछि शनिबार भएको दुई खेलमध्ये पहिलो खेलमा जितगढी क्रिकेट क्लबले ६७ रनले स्टार क्रिकेट क्लबलाई पराजित गरेको हो भने दोस्रो खेलमा एमसीसी क्रिकेट क्लबले बुटवल राइनोजलाई ३४ रनले पराजित गर्‍यो।

टस जितेर व्याटिङ गरेको जितगढी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२७ रनको लक्ष्य स्टार क्रिकेट क्लबलाई दिएकाकोमा लक्ष्य पुर्‍याउन नसकेपछि ६७ रनबाट स्टार क्रिकेटले हार व्योहोर्नु पर्‍यो। स्टार क्रिकेटले ८ ओभरको  क्षतिमा ५९ रन मात्र बनाएको थियो। जितका लागि जितगढीका सौरभ खनालले सर्वाधिक अभिजीत ३० रन, सन्दिप सुनारले २७ रनको योग्दान गरे। बलिङ तर्फ स्टारको महेश भरले २ तुल बहादुर थापा र गणेश गौडेलले १–१ विकेट लिए। त्यस्तै स्टार क्रिकेटको तर्फबाट तुलबहादुर थापाले अभिजीत १५ र राजु सहानीले १२ रन बनाए पनि लक्ष्य भेट्न नसकेपछि जितगढी विजयीसँगै डिभिजन ए मा उकलिएको छ। बलिङ तर्फ जितगढीका सन्दिप सुनारले ३, अनिल खरेलले २ र सौरभ खनाल र अर्जुन सोमरेले १–१ विकेट लिए। शनिबारको पहिलो खेलमा जितगढीका सन्दिप सुनार म्यान अफ द म्याच भए उनलाई रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाणले पुरस्कृत गरे।

त्यसैगरी शनिबारनै सम्पन्न दोस्रो खेलमा टस जितेर व्याटिङ रोजेको एमसीसीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११३ रनको लक्ष्य बुटवल राइनोजलाई दिएको थियो। निर्धारित लक्ष्य पुर्‍याउन नसकेको पछि राइनोजले ३४ रनले हारको सामना गर्नुपर्‍यो। जितका लागि एमसीसीका एकलाख अहमदले सर्वाधिक २६ र रोशन थामीले २५ रनको योग्दान गरे। बलिङ तर्फ बुटवल राइनोजका सुरज सारुले ३ नवजीवन क्षेत्री र प्रदिप वेलवासेले २–२ विकेट लिए। दोस्रो पारी खेलेको बुटवल राइनोजले १९ दशमलव १ ओभरमा ७९ रन बनाउदै अलआउट भएको थियो। जसका लागि कोलाज जोशीले सर्वाधिक १९ अमर श्रेष्ठले १३ रन बनाए पनि जित हात पार्न सफल भएनन्। बलिङ तर्फ एमसीसीका रमेश कुर्मीले ४, रोशनलाल गुप्ताले ३ शिव मार्यले २ र सन्तोस यादवले १ विकेट लिए। शनिबारको दोस्रो खेलमा एमसीसीका रमेश कुर्मी म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।

उनलाई नगद एक हजार रुपैयाँ र मायाको चिनोबाट पुरस्कृत गरिएको हो। शनिबारको खेलसँगै डिभिजन बी अन्तर्गतको खेल सकिएको छ। आइतबार विहान ८ : ३० वजेदेखि डिभीजन ए अन्तर्गतका खेल सुरु हुने आयोजकले जानकारी दिएको छ। डिभीजन ए अन्तर्गत वेस्टर्न क्रिकेट क्लब बुटवल र न्यू होराइजन क्रिकेट क्लब बुद्धबारको खेलको ज्ञानोदय क्रिकेट क्लब तिलोत्तमा र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच हुनेछ। बर्षाले २ दिन खेल अवरुद्ध भएपछि शनिबार २०/२० आभेरको खेल गराइएको थियो।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्ष चौथो पटक नेपाल टेलिकमको प्रायोजनमा हुँदैछ। विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतियोगितामा जिल्लाका २० क्लब प्रतिस्पर्धामा छन्। खेलमा १२ वटा क्लबले डिभिजन बी का लागि खेल्दै उत्कृष्ट चार क्लब डिभिजन ए मा पुगेका छन्। लिग चरणमा डिभीजन ए अन्र्तगतका ८ र बि बाट आएको ४ क्लब गरी १२ क्लबबीच सुपर लिग प्रतियोगिता हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए।

प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडिलाई १५ हजार, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउने छन्।
 

 

प्रकाशित: ४ माघ २०७६ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App