२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तारा र फुर्वा क्वार्टरफाइलमा

काठमाडौं – विभागीय टोलीका खेलाडीद्वय तारा तामाङ र फुर्वा शेर्पा वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेका छन्। नेपाल आर्मीका तारा तामाङ र एपिएफका फुर्वा शेर्पाले आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सुरु भएको हो। पहिलो दिन पुरुष ५५ केजीमा रेजका मदनकृष्ण डंगोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावाफुन्जो शेर्पा, सो क्योकुसिनका मनीष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिन्जाली मगर पनि क्वार्टरफाइनलमा प्रवेश गरे।

महिला ५० केजीमा आर्मीकी रुविका खड्का, आइकेकेएफकी करिश्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपिएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, आर्मीकी शान्ति थापामगर र अञ्जना ढुंगेल क्वार्टरफाइनलमा पुगे।  तीनदिने प्रतियोगितामा १ सय २२ खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। पुरुषमा ६ र महिलामा ५ स्पर्धा समावेश छन्।

प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८ हजार नगद पुरस्कार पाउनेछन्। टिममा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ३ माघ २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App