२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रामेछाप र चितवनबीच उपाधि भिडन्त

प्रतियोगिताको फाइलन प्रवेशका लागि अन्तिम सेमिफाइलनमा रामेछाप र सिन्धुली (रातो) प्रतिस्पर्धा गर्दै । तस्बिर:ध्रुव/नागरिक

सिन्धुपाल्चोक- जिल्लाको भलिबल खेल इतिहासमा सर्वाधिक धनराशी पुरस्कारको बाग्मती प्रदेश स्तरीय प्रथम भदौरे गणेश कपको उपाधिको लागि रामेछाप र चितवन जिल्लाबीच भिडन्त हुने भएको छ।

चौतारा सँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा मंगलबार भएको सेमिफाइलनमा आफ्ना प्रतिस्पर्धी टोलीलाई हराउँदै रामेछाप र चितवनले फाइलनमा भेट पक्का गरेका हुन्। सेमिफाइलनको अन्तिम खेलमा भरत घिमिरेको म्यान अफ द म्याच प्रदर्शन प्रेरित रामेछापले ३–२ सेटले सिन्धुलीलाई स्तब्ध बनायो। एक सेटले पछि परेको स्थिती उल्टाउँदै रामेछाप उपाधी नजिक पुगेको हो। पाँच सेटमा लम्बिएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा रामेछापले दुई पटक पछि पर्दै नतिजा उल्टाएको थियो।

रामेछापले सिन्धुलीसँग पहिलो सेट २१–२५ ले गुमाएको थियो। दोस्रो सेट २२–२५ ले जित्दै रामेछापले पुनरागमनसहित खेल बराबरीमा ल्यायो। सिन्धुलीले २५–२२ ले तेस्रो सेटमा जित निकाल्दै रामेछापविरुद्ध २–१ सेटको अग्रता लिँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। रोमाञ्चक पुनरागमनसहित २२–२५ ले चौथो सेटमा फेरि जित निकाल्दै रामेछापले उपाधि होड कायमै राख्यो। पछि परेको स्थिती सुधार्दै रामेछापविरुद्ध एक अंकको अग्रतासहित कोर्ट परिवर्तन गर्दा सिन्धुलीले बाजी मार्ने धेरैको अनुमान थियो। तर म्यान अफ द म्याच घोषित घिमिरे अन्तिममा चम्किएपछि सिन्धुलीलाई स्तब्ध बनाउँदै रामेछापले चितवनसँग उपाधि भिडन्त पक्का गर्‍यो।

यसअघि मंगलबारै भएको पहिलो सेमिफाइनल खेलमा नुवाकोटलाई १०–२५, १५–२५ र १३–२५ को सोझो सेटमा पराजित गर्दै चितवनले फाइनमा स्थान पक्का गरेको थियो। रामबहादुर थापामगरले म्यान अफ द म्याच प्रदर्शन गर्दा चितवनले रामेछापविरुद्धको खेल एक पक्षीय बनाएको थियो। म्यान अफ द म्याचले ट्रफी हात पारे। क्वाटर फाइलनमा रामेछापले सिन्धुपाल्चोक र चितवनले धादिङलाई पन्छाउँदै अघि बढेका थिए।

दुई लाख दुई हजार दुई रुपैयाँ नगद पुरस्कारसहितको उपाधिका लागि रामेछाप र चितवनबीच बुधबार फाइलन प्रतिस्पर्धा हुनेछ। उपबिजेताले एक लाख एक हजार एक रुपैयाँ नगद पुरस्कार पाउने छ। भदौरे गणेश सामुदायिक संस्थाको आयोजना र नेपाने युथ क्लवको सहआयोजनामा सातादेखि सञ्चालित प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले सहभागिता जनाएका थिए।

 

प्रकाशित: २९ पुस २०७६ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App