काठमाडाैँ – शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार गत महिना काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनमा रजत पदक विजेता लक्ष्मी बनलाई नगदसहित सम्मान गरेको छ।
शिखरदीपले शनिबार आयोजित आफ्नो वार्षिक साधरणसभामा मन्डे र लक्ष्मीलाई क्रमश नगद २५ हजार र १० हजारसहित सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सहकारीका अध्यक्ष केदारनाथ शर्माले दुवै खेलाडीलाई सम्मानपत्र र खादा ओढाएका थिए।
‘खेलाडी राष्ट्रका गहना हुन् र हामी उनीहरूलाई सहयोग गर्न तयार छाैँ,’ अध्यक्ष शर्माले भने।
प्रकाशित: २७ पुस २०७६ ०२:४० आइतबार