काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी माला राईले रजत पदक जितेकी छिन्।
कराते हलमा मंगलबार महिला ५१ केजी तौल समूहको फाइनलमा भारतकी पिंकी रानीसँग पराजित हुँदा मालाले रजतमा सीमित भएकी हुन्।
प्रकाशित: २४ मंसिर २०७६ ०९:१५ मंगलबार