काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको अन्तिम लिग खेलमा नेपालले बंगलादेशसँग पहिलो हाफमा एक शुन्यले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको हो। खेलको १२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट गोल गरेका हुन्। पहिलो हाफ प्रतिस्पर्धी बनेको थियो।
समूह चरणमा ७ अंक रहेको नेपाललाई फाइनलमा पुग्न १ अंक काफी छ। पराजित भए नेपाल स्वर्णका लागि प्रतिस्पर्धा गर्न पाउने छैन। फाइनलमा अर्को टोली भूटान प्रवेश गरिसकेको छ।
प्रकाशित: २२ मंसिर २०७६ १२:१० आइतबार