२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव एमसीसीसँग नेपाल पराजित

काठमाडौं– नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ। काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीसँग नेपाली युवा टिम ३८ रनले पराजित भएको हो। 

एमसीसीको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सकेको थियो। नेपालका हरिबहादुर चौहानले ५२ रनको अर्धसतकीय इनिङ्स खेल्न भ्याएका थिए भने कप्तान रित गौतमले ४५ रन जोडेका थिए। त्यसैगरी अरुण ऐरीले ३० रन बनाएका थिए।

उता, एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्ध शतकीय इनिङस् खेलेका थिए। 

प्रकाशित: १७ कार्तिक २०७६ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App