२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको स्थान खस्कियो

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोबर महिनाका लागि बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपालको स्थान खस्किएको छ। नयाँ वरीयताअनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ६७औं स्थानमा पुगेको हो। विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा लगातार हार बेहोरेकाले नेपालको स्थान खस्किएको हो।

यसअघि नेपाल १ सय ६१औं स्थानमा रहेको थियो। विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेसँगै नेपालको वरीयता खस्किएको हो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा छ। भारत दुई स्थान तल झरेको छ भने माल्दिभ्सको पनि एक स्थान खुस्किएको छ।

भारत १ सय ६औं स्थानमा रहँदा माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४औं स्थानमा पुगेको छ। उता बंगलादेशले भने तीन स्थान सुधार गरेको छ। १ सय ८४औं स्थानमा छ। भुटान चार स्थान तल झर्दै १ सय ८९आंै स्थानमा पुग्दा पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय एकौं स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय तीन स्थानमा छन्।

एसिया क्षेत्रबाट समग्रमा २७औं स्थानमा रहेको इरान शीर्ष स्थानमा रहँदा २८औं स्थानको जापान दोस्रो र ३९औं स्थानको दक्षिण कोरिया तेस्रो स्थानमा रहेका छन्। बेल्जियम शीर्ष स्थानमा यथावत् रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा यथावत् छन्। उरुग्वेले एक स्थान सुधार गर्दै पाँचांै स्थानमा उक्लिँदा पोर्चुगलको एक स्थान गुमेको छ। छैटौं स्थानमा रहेको पोर्चुगलपछि क्रोएसिया सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दसौं स्थानमा अटाएका छन्।

प्रकाशित: ८ कार्तिक २०७६ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App