पेरिस – पेरिस सेन्टर जर्मन (पिएसजी) का स्टार खेलाडी किलियन एम्बाप्पे चार हप्ता र इडिसन काभानी तीन हप्ता मैदानबाहिर रहने क्लबले जनाएको छ। एम्बाप्पे र काभानी टुलुजविरुद्ध आइतबार भएको खेलमा घाइते भएका थए। उनीहरू क्रमश ४ र ३ साता मैदानबाहिर रहने मंगलबार क्लबले खुलासा गरेको हो।
रूसमा सम्पन्न विश्वकमा उपाधि जितेको टोलीका सदस्य एम्बाप्पेलाई बायाँ ह्यामस्ट्रिङको चोट लागेको थियो। उक्त खेलमा पिएसजीले ४–० को जित निकालेको थियो। चार साताको आराममा रहने एम्बाप्पेले पिएसजीको पहिलो च्याम्पियन्स लिग खेल गुमाउनेछन्। सेप्टेम्बर १७ र १८ मा हुने खेलमा एम्बाप्पे मैदानबाहिर रहनेछन्। यसै कारण लिगका तीन खेल पनि गुमाउनेछन्। यस्तै उनले युरो २०२० को छनोट खेल पनि गुमाउने भएका छन्। अर्को महिनाको सुुरुआतमा फ्रान्सले अल्बानिया र एन्डोरासँग छनोट खेल्दै छ।
यस्तै काभानी तिघ्राको चोटका कारण घाइते भएको पिएसजीले मंगलबार जनाएको छ। काभानीको स्थानमा एरिक माक्सिम मैदान उत्रिनेछन्। थोमस टुचेलको टोली पिएसजी पछिल्लो लिगमा रेनिससँग पराजित भएको थियो। २–१ ले पछि परेको अवस्थामा पिएसजीले पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न असफल भएको थियो। अन्र्जेन्टिनी खेलाडी एन्जल डी मारियाले उक्त अवसरलाई गुमाउन पुगेका थिए।
स्टार खेलाडी एम्बाप्पे र काभानीको चोटले चिन्तित भएको पिएसजी नेइमारको भविष्यको बारेमा पनि अल्झिनु परेको छ। यद्यपि कुनै पनि निर्णय अहिलेसम्म निस्किएको छैन। ब्राजिलियन स्टार नेइमारले स्पेन फर्किने इच्छा देखाएका छन्। पिएसजीमा पुगेका विश्वका सबैभन्दा महँगा खेलाडी च्याम्पियन्स लिगका तीन खेलमा प्रतिबन्धमा परेका छन्।
प्रकाशित: १२ भाद्र २०७६ ०२:२९ बिहीबार