१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

स्नाइडरको संन्यास घोषणा

द हग – नेदरल्यान्ड्सलाई विश्वकप फुटबलको फाइनलसम्म पु-याउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन्।  सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म पु-याउन योगदान दिएका स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।

३५ वर्षे स्नाइडरले १७ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारेका छन्।  उनले नेदरल्यान्ड्सको घरेलु क्लब युट्रेच्टको युट्युब च्यानलमार्पmत संन्यासको घोषणा गरेका थिए।  ‘मेरो सम्बन्ध घरेलु क्लबबाटै भएको थियो।  त्यसैले जहाँ मैले खेलजीवनको उत्कृष्ट पलहरू बिताएको थिएँ,’ स्नाइडरले भने,‘त्यसैले यहींबाट अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेको हुँ। ’  स्नाइडर नेदरल्यान्ड्सका लागि सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन्।  उनले नेदरल्यान्ड्सबाट १ सय ३५ खेल खेलेका छन्। 

उनले १९ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट खेलेका थिए।  स्नाइडरले सन् २००३ मा नेदरल्यान्ड्सबाट डेब्यु गरेका थिए।  राष्ट्रिय टोलीबाट यादगार प्रदर्शन गर्ने क्रममा उनले सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलमा पु¥याएका थिए।  यद्यपि, उक्त फाइनलमा नेदरल्यान्ड्स स्पेनसँग १–० ले स्तब्ध भएपछि विश्वकपको उपाधि चुम्नबाट चुकेको थियो।  तर, स्नाइडर भने सो विश्वकपको दोस्रो उत्कृष्ट खेलाडी चयन हुँदा सिल्भर बल पाउन सफल भए। 

गोल्डेन बल भने उरुग्वेका डिएगो फोर्लानले पाएका थिए।  त्यसको चार वर्षपछि ब्राजिलमा सम्पन्न विश्वकपमा पनि स्नाइडरले नेदरल्यान्डलाई तेस्रो बनाउन सफल भएका थिए।  उक्त विश्वकपअन्तर्गत अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा स्नाइडरले नै पेनाल्टी अवसर गुमाउँदा नेदरल्यान्ड्स लगातार दोस्रो पटक फाइनल पुग्नबाट वन्चित भएको थियो।  तर, तेस्रो स्थानको खेलमा नेदरल्यान्ड्सले ब्राजिलमाथि ३–० को जित निकालेको थियो। 

स्नाइडरका लागि क्लब फुटबलमा पनि सन् २०१० को वर्ष निकै यादगार बनेको थियो।  सो वर्ष स्नाइडरले निकै उत्कृष्ट प्रर्दशन गर्दा उनको टोली इन्टर मिलानले च्याम्पियन्स लिग, सिरी ‘ए’ र कोटा इटालियाको उपाधि जितेको थियो।

त्यसअघि सन् २००२ मा आयाक्सको एकेडेमीबाट क्लब करियर सुरुआत गरेका उनी त्यसको पाँच वर्षभित्र नै रियाल मड्रिडको यात्रा तय गर्न सफल भएका थिए।  सन् २००८ मा रियाल छोडेर उनी जोसे माउरिन्होको नेतृत्वमा रहेको मिलान पुगेका थिए।   तर, क्लब फुटबलमा उनले कतारको अल घराफबाट खेल टुङ्ग्याएका थिए।

प्रकाशित: २९ श्रावण २०७६ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App