२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

‘सागका लागि भारतले पत्र पठाइसकेको छ, चिनियाँ टोली ५ दिनपछि आउँदैछ’

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आफू चुनौती स्वीकार गरेर नै खेलकुद क्षेत्र रोजेको बताएका छन्। 

शनिवार मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सिलवालले भने, ‘म चुनौती स्वीकार गरेर नै आएको हुँ, १३औं साग हुन्छ। भारतले पनि सहभागिताको पत्र पठाई सकेको छ, अब कुनै कारणले रोकिने अवस्था छैन।’ 

सदस्यसचिव सिलवालले थपे, ‘चाइनिज टोली अगस्ट १५ मा सातदोबाटोको पूर्वधार र दशरथ रंगशालाको निरीक्षण गर्न आउँदैछ, सातदेवाटोको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण गरे पछि १३ औं सागको माहोल बन्ने छ।’

प्रकाशित: २५ श्रावण २०७६ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App