१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

काठमाडौं– कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।

आगामी १४ जुनदेखि ७ जुलाई सम्म हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी र म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो फर्किएका छन्। चर्चित खेलाडीहरुको बाहुल्यता रहेको टिममा लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज र म्याटिस सुआरेज फरवार्डका रुपमा रहने छन्।

त्यस्तै मिडफिल्डमा लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल र एन्जल डि मारिया रहेका छन्। टिमको डिफेन्स लाइनमा जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मिल्टन कस्को र मार्कुस अकुना परेका छन्।

त्यस्तै गोलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा र अगस्टिन मारचसिन रहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App