२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सिन्धुकप चौथो संस्करण शनिबारदेखि

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको खेलकुद इतिहासमा सर्वाधिक प्रतिष्ठित र लोकप्रिय मानिने चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता ए डिभिजनका चार क्लबसहितको सहभागितामा शनिबारदेखि आयोजना हुने भएको छ।

सातासम्म चल्ने प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ललितपुरका फ्रेन्ड्स क्बल र जावलाखेल युथ क्लबले सहभागिता जनाउँदै छन्। त्यस्तै सिन्धुपाल्चोकका युथ स्पोट्र्स क्बल, काभ्रेपलाञ्चोकको काभ्रे बोर्डर युथ क्बल, रुपन्देहीको गोर्खा ब्याइज क्लब र दोलखाको जिरी स्पोट्र्स क्लबले प्रतियोगिता खेल्ने टुंगो लागिसकेको छ।

युथ स्पोट्र्स क्बल लामोसाँघुको आयोजनामा स्थानीय वसन्तपुर खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले साढे दुई लाख रुपैयाँ नगद हात पार्ने छ। प्रत्येक खेलका म्यान अफ द म्याचले नगद पाँच हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताका उत्कृष्ट विधागत खेलाडी (गोलकिपर, डिफेण्डर, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षक) ले जनही १० हजार र सर्वोत्कृष्ट एक खेलाडीलाई २० हजार नगद पुरस्कार दिइने आयोजकले बताएको छ।

सुनकोसी गाउँपालिका संरक्षक रहेको प्रतियोगिताको प्रायोजन नेपाल आइस बियरले गरेको छ। प्रतियोगितामा झण्डै ४५ लाख रुपैयाँ खर्च हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष रहेका आयोजक क्लबका अध्यक्ष बीरबहादुर खड्काले बताए। तत्कालीन माओवादी द्वन्द्वको कारण प्रतियागिता हुन छाडेको थियो।

‘पुरानै उचाइमा पु¥याउन अब प्रतियोगितालाई निरन्तरता दिन्छौँ,’ खड्काले भने। प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो ३ बजे लामोसाँघुको बसन्तपुर मैदानमा जावलाखेल युथ र काभ्रे बोर्डर युथ क्लबबीच हुने छ।

प्रकाशित: २० वैशाख २०७६ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App