२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफलाई स्तब्ध पार्दै दाउफिन्स अन्तिम चारमा

माइभ्याली गोल्डकपको बिहीबार दाउफिन्स क्लब (रातो) र एफिएफका खेलाडी भिड्दै।    तस्बिरः भीम/नागरिक

इलाम – पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै दाउफिन्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

पूर्वार्धमा एपिएफलाई निकै नियन्त्रणमा राखेको क्यामरुनका मिसोभकेले पहिलो गोल गरे। त्यसको केही मिनेटमै क्यामरुनी अर्का खेलाडी पेटन्गाले विपक्षी एपिएफविरुद्ध अर्काे गोल थपे। २ गोलले पछि परेको एपिएफले पहिलो हाफमा १ गोल फकाउन सक्यो। एपिएफका हरि कार्कीले रमेश दंगालको पासलाई उत्कृष्ट सदुपयोग गर्दै विपक्षी क्यामरुनको गोल पोस्टनजिकैबाट बललाई जाली चुमाए।

पहिलो हाफ २–१ गोलको अवस्थामा रहेपछि एपिएफले दोस्रो हाफमा खेल सुधा¥यो। तर, गोल फर्काउन सकेन। क्यामरुनका मिसोभकेले प्रहार गरेको कर्नर हेडमार्फत प्रहार गर्दै पेटन्गाले फेरि गोल थपे। पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा एफिएफ क्वार्टरबाटै घर फर्किन बाध्य भयो। एपिएफका श्याम नेपालीले विपक्षीको डी बक्सभित्र पाएका सुन्दर अवसर गुमाए। एपिएफकै रूपबहादुर लामाले दिएको अत्यन्त सुन्दर पास सन्तोष श्रेष्ठले सदुपयोग गर्न सकेनन्। 

क्यामरुनका मिसोभके र पेटन्गाले पनि आएका निकैवटा अवसरलाई गोलमा परिणत गर्न सकेनन्। टोलीलाई जिताउन २ गोल गरेका पेटन्गा नै बिहीबारको खेलको म्यान अफ दी म्याच घोषित भए। विजयी भएसँगै दाउफिन्सले आउँदो चैत २ गते नेपाल पुलिस क्लबसँग पहिलो समेमिफाइनल खेल्नेछ। शुक्रबारको खेलमा झापाको मेची नेत्रालय र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अन्तिम क्वार्टरफाइनल खेल्ने तालिका छ। हिमालयन शेर्पा यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। 

प्रकाशित: १ चैत्र २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App