२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

क्योकुसिन कराते टोली भारत प्रस्थान

काठमाडाैं - प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेको छ।

डिसेम्बर २९ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंहले प्रतिस्पर्धा गर्नेछन्। महिला खुला तौल समूहमा मन्जु विकले नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।

अफिसियलमा रेवती सापकोटा र मिनबहादुर गुरुङ रहेका छन्। टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आईएफकेके) का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपाल र ब्रान्च चिफ प्रेमबहादुर तामाङले एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: ११ पुस २०७५ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App